मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

झापाको बिर्तामोडमा जेनजीको प्रदर्शन, दोहोरो झडप, प्रहरीले गाेली चलायाे

देश प्रदेश डेस्क 5485+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

झापा / वर्तमान सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेकाे र सरकार भष्ट  भएको भन्दै जेन जीले देशभर प्रदर्शन गरेको छ।

झापाको विर्तामोडमा पनि जेन्जीले प्रदर्शन गरेका छन् ।पदर्शनका क्रममा दाेहाेराे झडप भएकाे छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनाै अश्रु ग्यास र गाेली चलाएकाे थियाे ।

बिर्तामोडको मुक्तिचोकमा भेला भएर  विभिन्न प्लेकार्ड बोकेर नारा जुलुस गर्दै बिर्तामोड नगरपालिकाको कार्यालय आइपुगेका थिए।

सुरक्षाकर्मीले अवरोध जनाएपछि प्रदर्शनकारीहरू सडकमै बसेर सरकार विरोधी नारा जुलुस गरेका  थिए ।

यसै क्रममा प्रदर्शनकारीहरू उत्तेजित भएर नगरपालिकाको भवनमा बाहिरबाट ढुंगा प्रहार गर्दै झ्यालका सिसा फुटाएर क्षति पुर्‍याएका थिए ।

प्रदर्शनकारीले भवनमा प्रवेश गर्न सुरक्षाकर्मीले प्रदर्शनकारीलाई अवरोध तुलाउँदा दोहोरो झडप भएको थियो।

दोहोरो झडापश्चात् प्रदर्शनकारीहरूको ढुंगा प्रहारबाट सुरक्षाकर्मीहरू अगाडि बढ्न नसकेर पुन भवनभित्र गएका थिए भने प्रदर्शनकारीहरूले भवनको गेटमा आग्जनी गरेका थिए।

गेटमा आगजनी गरेपश्चात सुरक्षाकर्मीबाट बारम्बार असुर ग्यासहरू प्रहार भएको थियो भने हवाई फायर पनि भएको थियो।

काठमाडौँ लगायत देशका विभिन्न स्थानमा प्रदर्शनकारीको मृत्यु भएको फोटो लिएर प्रदर्शनकारीहरु आए पछाडि उत्तेजित भएका प्रदर्शनकारीहरूले लगातार भवन बाहिरबाट ढुङ्गामुढा गरिरहेका थिए।

पटकपटक हवाई फायर गर्दा पनि प्रदर्शनकारीहरू निरन्तर ढुङ्गामुढा गरिरहेको अवस्थामा प्रहरी भवन बाहिर अश्रु ग्यास र गोली प्रहार गर्दै प्रदर्शनकारीलाई तितरबितर पारेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार