मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

बाराको सिम्रौनगढमा झडप, प्रहरीको गोली लागेर १ जना घाइते

देश प्रदेश डेस्क 5485+ समाचार ( )
२७ मंगशिर २०८०, बुधवार

झापा बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् ।

सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा एक समूहले हाजिर गर्न अवरोध गरेपछि विवाद भएको थियो ।

विवादका क्रममा झडप भएपछि नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा झडप भएपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर एक जना घाइते भएका बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

उनका अनुसार झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गर्दा १० जना प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा एकजना प्रदर्शनकारीलाई गोली लागेको काफ्लेको भनाइ छ ।

गोली लाग्ने व्यक्तिको नाम भने खुलेको छैन । घाइते प्रहरीहरुलाई उपचारको लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत दुई महिनादेखि कर्मचारीहरूले तलब भत्ता पाउन सकेका छैनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार