झापा / उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समितिअन्तर्गत तीनवटा नयाँ उपसमिति गठन गरेको छ।
समितिको पूर्ण बैठकले वाणिज्य तथा आपूर्ति, उपभोक्ता हित र उद्योग उपसमिति गठन गर्दै तीनवटै उपसमितिको संयोजकको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई दिएको हो।
बैठकले वाणिज्य तथा आपूर्ति उपसमितिको संयोजकमा रास्वपा सांसद प्रकाश पाठकलाई चयन गरेको छ। उपसमितिको सदस्यमा अमरकान्त चौधरी, कालीबहादुर सहकारी, कृपाराम राना, टेकबहादुर शाक्य, मातृकाप्रसाद यादव र सृजना श्रेष्ठ रहेका छन्।
त्यस्तै, उपभोक्ता हित उपसमितिको संयोजकमा रन्जु न्यौपानेलाई चयन गरिएको छ। उक्त उपसमितिमा आनन्दबहादुर चन्द, निराशा चौधरी डगौरा, प्रकाशिसिंह कार्की, बुद्धरत्न महर्जन, लालबिक्रम थापा र क्षितिज थेबे सदस्य रहेका छन्।
यसैगरी, उद्योग उपसमितिको संयोजकमा बदनकुमार भण्डारी चयन भएका छन्। उपसमितिका सदस्यमा अरबिन्द शाह, एलिजा गुरुङ, गंगादेवी श्रेष्ठ, बुद्धिप्रसाद पन्त, हरिनादेवी कामी र सूर्यबहादुर तामाङ रहेका छन्।