मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

भद्रपुरमा कराेडाैँ मूल्य बराबरको चाइनिज फर्सीको बियाँ गोदाममा छापा

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२८ आषाढ २०८३, आइतबार

झापा जिल्ला प्रहरी कार्यालय झापाले चाइनिज फर्सीको बियाँ गोदाममा छापा मारेको छ । भद्रपुर ३ ज्ञानेचोक स्थित भिमलाल सुवेदीको घरमा राखिएको कराेडाैँ मूल्य बराबरको सामानमा छापा मारेको हो ।
अवैधरुपमा गोदाममा सामान राखिएको सुचना पाएपछि आइतबार दिउँसोदेखि घेरा हालेर अहिले गोदामबाट सामान बरामद गरिरहेको छ । बरामद सामानलाइ आवश्यक छानविनका लागि भद्रपुर भन्सार कार्यालय बुझाउने क्रमजारी छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय,भन्सार कर्मचारी, आन्तरिक राजस्व कार्यालय भद्रपुरका कर्मचारी लगायतले सामान बरामद गरिरहेका छन् । गोदाममा लगभाग एक हजारभन्दामाथि  बोरा हुनसक्ने अनुमान गरिएको छ । सामान बरामद भइरहेकाेले अहिले केही भन्न नमिल्ने सुरक्षाा निकायले जनाएकाे छ ।
यता गोदाममा छापा मारेको विषयमा सम्बन्धित व्यापारीले आपत्ती जनाएका छन् । नेपालकै सामान भ्याट बिल भए पनि नियमविपरीत गोदामबाट सामान बरामद गर्नु गलत भएको आरोप लगाएका छन् । सम्बन्धित व्यापारीको अनुमति विना छापा मार्नु गलत भएको उनीहरुको आरोप छ ।
यस विषयमा बृस्तिृत विवरण आउँन बाकी छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार