मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

चारवटा कारणले गर्दा संसद खुलाएका हाेः अध्यक्ष प्रचण्ड

देश प्रदेश डेस्क 5476+ समाचार ( )
३२ जेठ २०८२, शनिबार

झापा / माओवादी केन्द्रका केन्द्रिय अध्य पुष्प कमल दाहाल प्रचण्डले चारवटा कारणले गर्दा अवरुद्ध संसद खुलाएकाे बताएका छन् ।

शनिबार झापाको कमल गाउँपालिकामा आयोजित पाँच जातीय मोर्चाको राष्ट्रिय अधिवेशनको संयुक्त उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।

उनले भने, संसद अधिवेशन अवरुद्ध थियो, सरकारले छानबिन समिति बनाएर एक महिना भित्र अध्ययन गर्न तयार भएपछि संसद अधिवेशन खोलेर बहस गर्न तयार हुनुपर्छ, किन भने त्यहाँ भित्र  जनताका कतिपय मुद्दा छन्। ‘म तपाईंहरुलाई बिशेष रुपले भन्न चाहन्छु म प्रधानमन्त्री हुँदा धेरै मेहेनत गरेर सदनमा पुर्याएको त्यो संघीय निजामती ऐन अन्तिम चरणमा छ त्यसलाई पारित गर्नु छ, संघीयतालाई सुदृढ बनाउनका लागि, त्यो दायित्वपनि हाम्रो छ’ ।

उनले दुई बुँदे सहमति गरेर संसद अधिवेशन खुलाउनु पर्ने अन्य कारणहरुमा शिक्षा विधेयक, नागरिकतासम्बन्धि समस्या र शान्ति सम्झौतासँग सम्बन्धि केहि महत्वपूर्ण कुराहरुको टुंगो लगाउनु पर्ने रहेको बताए ।

माओवादीप्रति जनताको विश्वास ह्वात्तै बढेको देखेर चौतर्फी घेराबन्दी भइरहेको प्रचण्डले बताए । माओवादीलाई बद्नामी गराउन नियोजित षड्यन्त्र भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार