मुख्य समाचार
चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि |

झापा कारागारका कैदीबन्दीका निःशुल्क आँखा परीक्षण

देश प्रदेश डेस्क 5480+ समाचार ( )
१३ मंगशिर २०८०, बुधवार

झापा उज्यालो परिवर्तन समाज नेपालद्धारा झापा कारागारका कैदीबन्दीमध्ये तीनसय जनाको निःशुल्क आँखा परीक्षण गरेको छ । दृष्टि आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा कारागार भित्र रहेका कैदीवन्दीहरुको नामवली सङ्कलन गरेर आँखा परीक्षण गरिएको हो ।
संस्थाले बुधबार कारागार भित्र एक कार्यक्रमको आयोजना गरी एक दिने आँखा परीक्षण शिविर सञ्चालन गरेको हो । संस्थाले पुरुष तर्फमात्र शिविर सञ्चालन गरेको थियो । शिविरमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानले आँखा जाँच गरेर उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले संस्थाको नाम अनुसारकै उज्यालो कामको सङ्ज्ञा दिँदै कैदीबन्दीका लागि कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए ।  
झापाको विर्तामोड ५ मा रहेको संस्थाले विभिन्न सामाजिक गतिविधिमा योगदान गर्दै आएको छ । शिविरमा स्वागत गर्दै विर्तामोड नगरपालिका वडा नं. २ का अध्यक्ष किशोर पौडेलले आगामी दिनमा संस्थाले कारागार भित्रका कार्यक्रमहरुमा हातेमालो गरेर अगाडि बढ्ने वताए । निःशुल्क शिविर सञ्चालनका लागि प्राविधिक सहयोग गरेको दृष्टि आँखा अस्पतालका अजितकुमार ठाकुरलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो । कारागार भित्रका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै अगाडि बढ्ने साथै कारागारका कैदीबन्दीहरुलाई क्षमता अनुसार ब्यवस्थापनका लागि पहल गर्ने संस्थाका सल्लाहकार संयोजक सुभाष भट्टराईले वताए । संस्थाका अध्यक्ष रामप्रसाद मैनालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका जिल्ला कारागार झापाका प्रमुख मोहनलाल पनेरु ,सञ्चारकर्मी संस्थाका पदाधिकारी लगायतको सहभागिता रहेको कार्यक्रम संस्थाका सचिव पुष्प पाठकले सञ्चालन गरेका थिए । कारागारमा १५ सय कैदीबन्दी रहेका छन् । संस्थाले आउँदो आइतबार ३सय जना विपन्न परिवारलाइ कपडा वितरण गर्ने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार