मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

चन्द्रगढी विमानस्थलमा चराचुुरुङ्गीको आवत–जावतमा कमी

देश प्रदेश डेस्क 5361+ समाचार ( )
५ भाद्र २०८०, मङ्गलबार

झापा  भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा चरा चुुरुङ्गीका कारण विमान आवत–जावतमा हुने समस्या कम हुँदै आएको छ । काठमाडौं–भद्रपुर–काठमाडौंका लागि यस विमानस्थलबाट दैनिक ८ देखि १० जहाज उड्छन् । बुद्ध एयरको ६, यती र सौर्यका १–१ जहाजले दैनिक उडान भरिरहेको प्राधिकरणले जनाएको छ ।

रन–वेमा विशेषगरी काग, परेवा, ढुकुर र सर्पको समस्या हुँदै आइरहे पनि पछिल्लो ६ महिनाको तथ्याङ्कले यो समस्या घट्दो क्रममा रहेको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले जनाएको छ । रन–वेबाट गति लिएर आकाशमा उडिसकेका जहाजमा कुनै पनि समस्या नहोस् भनेर दैनिक बिहान र बेलुका साइरन जडित गाडी रन–वेमा घुमाउँदै आएको चन्द्रगढी नागरिक उड्डयन कार्यालय प्रमुख इन्दुुराज अधिकारीले बताए ।

समस्या नियन्त्रणका लागि रन–वे आसपासको नालामा उम्रिएको झार जङ्गल मार्ने काम गरिरहेको उनले बताए । यहाँको रन–वेमा विशेषगरी काग, परेवा, ढुकुर, सर्पको समस्या देखिएकोले निगरानीका लागि बिहान र बेलुका कर्मचारी खटाएको उनले जानकारी दिए । विमानस्थलको आसपासमा रहेका बोटबिरुवा काट्ने, विमानस्थल पश्चिममा रहेको नेपाली सेनालाई पनि सो विषयमा जानकारी गराई समन्वय गरिरहेको उनले बताए । केही वर्षअघि विमानस्थलले अधिग्रहण गरेको क्षेत्रभित्र रहेको चिया बगानलाई समेत सफा गर्न विभागलाई जानकारी गराइसकिएको उनको भनाइ छ ।

पछिल्लोे समय साउनको अन्तिम साता काठमाडौंका लागि उडान भर्न लागेको बुद्ध एयरको फोरके ९५७ नम्बरको एटीआर–७२ जहाज रन–वेमा रोकिएको थियो । हावाको गतिअनुसार बुद्ध एयरको जहाज विमानस्थलको पूर्वबाट पश्चिमतर्फ उड्न खोज्दा पाइलटले रन–वेको पश्चिमतर्फ चरा बसेको देखेका थिए । विमानस्थलका कर्मचारीले रन–वेबाट चरा उडाएपछि जहाज ३० मिनेट ढिलो (डिले) गरी काठमाडौंका लागि उडेको थियो ।  कर्मचारीले रन–वेमा गएर चेकजाँच गर्दा ढुकुर मरेको फेला पारेको प्रमुख अधिकारीले बताए । पश्चिमतर्फ सेनाको ब्यारेकमाथिबाट ल्यान्डिङ गर्ने क्रममा जहाजसँग ढुकुर ठोक्किएर या हावाको गतिले मरे पनि जहाजमा भने केही क्षति नभएको उनले बताए ।

पाइलट र एयर ट्राफिक कन्ट्रोलले रन–वेमा ढुकुर बसेको नदेख्ने भएकाले जहाजलाई जोगाउनै मुस्किल भएको उनको भनाइ छ । ढुकुर ठोक्किएकोले जहाज चेकजाँचका लागि इन्जिनियरको टोली आएर चेकजाँच गर्दा त्यस्तो केही त्रुटि फेला नपरेपछि जहाज यात्रु लिएर काठमाडौं उडेको थियो । साढे ४ बजे उड्ने जहाज साँझ ८ बजे उडेको उनले जनाए । रन–वेमा ढुकुर बसिदिँदा जहाजका पाइलट र विमानस्थलका एयर ट्राफिक कन्ट्रोलले पनि त्यस्ता साना चरालाई नदेख्दा जहाजलाई जोगाउनै मुस्किल भइरहेको उनले बताए । अन्य विमानस्थलमा चराचुरुङ्गीको सिकार गरिरहने कर्मचारी भए पनि यहाँ नभएका कारण छिट्टै प्राधिकरणसँग समन्वय गरी सिकार गरिरहने दुई जना कर्मचारी खटाउन पहल गरिरहेको बताए ।

वि.सं. २०२६ सालदेखि विलार्टस पार्टश, डोनियर टुइनेटरलगायतका साना जहाज अवतरण हुँदै आए पनि बीचमा बन्द भएर वि सं.२०५१ सालबाट निरन्तर सञ्चालनमा आइरहेको छ । यो विमानस्थलबाट पूर्वी नेपालसहित भारत, भुटान, बङ्गलादेश र म्यानमारसम्मका यात्रुले सेवा लिइरहेका छन् । घाँसे मैदानबाट सुरु भएको झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले रात्रीकालीन सेवासँगै आन्तरिक उडान क्षेत्र बढाउँदै गएको छ । वि.सं.२०२६ सालमा निर्माण भएको विमानस्थल प्रविधि र भौतिकरूपमा रूपान्तरण हुँदै योजनाबद्ध ढङ्गबाट काम अघि बढाइएपछि विमानस्थलको अवस्था सुध्रिँदै गएको छ ।ब्लाष्ट खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार