मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

झापाकाे दक्षिणी क्षेत्र चाैपाया तस्करका लागि मुख्य नाका

देश प्रदेश डेस्क 5303+ समाचार ( )
तस्बिर गुगल
१३ जेठ २०८३, बुधवार

झापा / झापाको दक्षिणी सीमा क्षेत्रमा गाईबस्तु तस्करी दिनप्रतिदिन बढ्दै गएको स्थानीयवासीले बताएका छन्।

स्थानीयका अनुसार भद्रपुर नगरपालिका–३ कदमबगान, किचकबध क्षेत्र तथा कचनकवल गाउँपालिकाका विभिन्न स्थानहरू र गौरीगञ्जको कुञ्जिबारी क्षेत्र तस्करीका लागि मुख्य मार्गका रूपमा प्रयोग हुँदै आएका छन्। खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले दिउँसोको समयमा गाईबस्तु चरनका लागि दशगजा क्षेत्रमा लैजाने र राति वा अनुकूल समय मिलाएर सिमापार गराउने गरेको स्थानीयहरु बताउछन्।

एक स्थानीय किसानले नाम नखुलाउने सर्तमा बताएअनुसार सीमावर्ती क्षेत्रमा निगरानी कमजोर हुँदा तस्कर समूह सक्रिय भएको छ। “दिनमा चराउन ल्याएजस्तो देखिन्छ, तर साँझ–राति मौका मिलाएर भारततर्फ लैजाने गरेको देखिन्छ,” उनले भने। उनका अनुसार आफ्ना चरनमा राखेका पशुपनि कुनैदिन हराउने सम्भावना रहको चिन्ता व्याक्त गरेका छन् ।

कचनकवल ४ का एक स्थानीयका अनुसार तस्करहरुले पशुपालन व्यवसाय दर्ता गर्ने त्यसपछि झापाको दमक पशुहाट लगायत गाउँधरबाट पशु खरिद गरेर पिकअप भेनमा राखेर सुरक्षित मार्ग प्रयोग गर्दै व्यावसाय स्थलसम्म पुर्याउने गर्छन् । समय अनुकुल पारेर रातको समयमा भारत तर्फ लानेगर्छन् ।

ग्रामीण क्षेत्रका किसानले पालेका गाईगोरु तस्करले न्यून मूल्यमा किनेर पहाडी जिल्लाहरुबाट झापाको दमक हुँदै भारतसम्म पुर्याउने गरेको स्वयं चौपाया खरिद गर्ने भारतीय नागरिक बताउँछन् । यो क्षेत्रबाट तस्करले मासुका लागि भारत र बंगलादेशतर्फ निरन्तर गाईगोरु तस्करी गरिरहे पनि प्रशासनले रोक्न नसकेको स्थानीयको गुनासो छ । तस्करी गरेर लगेका चौपाया भारतका विभिन्न स्थान र बंगलादेशमा मासुका लागि बिक्री हुन्छ, नेपालका गाईगोरु त्यहाँ रुचाउँछन्’, दमक पशुहाटमा चौपाया बिक्रीका लागि आएक एक व्यापारी भन्छन् ।  

झापाको दमक, धुलावारी, शिवगञ्ज, राजगढ, गौरादहस्थित दामुना बजार चौपाया खरिद विक्री गर्ने ठुला बजार हुन् ।

सशस्त्र प्रहरी बल २ नं. गण हेक्वाका प्रहरी उपरिक्षक अम्बीका प्रसाद जोशीले कानुनले स्पस्ट दशगजा क्षेत्रभन्दा यति मिटर भित्र मात्रै पशुचराउन पाइने भनेर नतोकेका कारण कानुनको कम्जोरी तथा खुल्ला सिमानाको फाईदा उठाएर तस्कर गर्न सक्ने सम्भावना देखिन्छ । हामीले पटक पटक दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएर भन्सार बुझाउने गरेका छौं । यसरी नियन्त्रणमा लिदाँ स्थानीयको समेत चौपाया परेपछि नियन्त्रण लिन अलिक कठिनाइ भएको बताए । उनका अनुसार कतिपय स्थानीयसमेत यो कार्यमा संलग्न भएका कारण सहि सूचना पाउन गर्हो भएको बताउछन् ।

स्थानीयवासीले सम्बन्धित निकायसँग सीमा क्षेत्रमा कडाइका साथ गस्ती बढाउन, निगरानी प्रणाली सुदृढ गर्न र तस्करी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न माग गरेका छन्।

यदि नेपाल सरकारले साच्चिकै चौपाया तस्करमा रोक लगाउन सवारी साधनबाट चौपाया

ओसारपसारमा रोक लगाउने हो भने केहि मात्रमा तस्कर रोकिने देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार