मुख्य समाचार
भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर |

कचनकवलमा एक युवतीमाथि बलात्कार : आरोपीलाई बचाउन जनप्रतिनिधि नै लागे, उल्टै दाइजोमा जग्गा मागे

देश प्रदेश डेस्क 5354+ समाचार ( )
साङ्केतिक तस्विर
२७ भाद्र २०८०, बुधवार

झापा झापाको कचनकवल गाउँपालिका-१ का जनप्रतिनिधिको रोहवरमा त्यहाँको गाउँ समाजले एक जना बलात्कारीलाई कारबाही गर्नुको साटो जग्गा दाइजो दिन लगाएर सुस्त मनस्थिति भएकी पीडित युवतीलाई जिम्मा लगाई दिएको घटना बाहिर आएको छ ।

करिब चार साताअघि कचनकवल गाउँपालिका- १ साबिक घेरावारि- ७ बस्ने करिब ५० वर्षीय छवि राजवंशीले सोही ठाउँकी सुस्त मनस्थिति भएकी ३१ वर्षीया युवतीलाई घरमा एक्लै भएको मौका छोपी बलात्कार गरेका थिए । युवतीले होहल्ला गरेपछि बलात्कार गर्दागर्दै उनी रंगेहात फेला परेका थिए ।

त्यसपछि वडा सदस्य उग्र नारायण राजवंशीको रोहवरमा बसेको गाउँ समाजको बैठकले बलात्कारी छवि राजवंशीलाई दाइजो स्वरुप पाँच कट्ठा जग्गा पीडितका दाजु र भाइबाट दिलाएर पीडितलाई जिम्मा लगाएको थियो । गत साउन ३१ गते गरिएको सो कागजमा पीडक छवि राजवंशी, पीडित युवती र उनका दाजुलाई हस्ताक्षर गर्न लगाइएको छ भने साक्षीको रुपमा नेपाली काँग्रेस कचनकवल १ का वडा सचिव अनन्तलाल राजवंशी, काँग्रेसकै पूजा राजवंशी र रितु राजवंशी बसेका छन् ।

यसरी बलात्कारीलाई सजायको साटो पुरस्कार दिएर गाउँ समाजले पीडित युवतीलाई जिम्मा दिए पनि राजवंशीले आफ्नो घर भित्र्याएनन् । ती युवतीलाई उनकै घर फर्काइदिए । सोही विषयमा गाउँ समाजको बैठक पटक पटक बस्यो । समाजले पीडकलाई भन्दा पीडितलाई नै दबाब दिइरहे । पीडित युवतीको जिम्मा बुझेका राजवंशीले घरमा श्रीमती, छोराछोरी, नाति नातिनी भएका कारण युवतीलाई घर लगेनन् ।

पीडितका दाजुहरूले दिने भनेको जग्गा अहिले नै पास गरेर दिनुपर्ने र दाजुहरूले बस्ने घर पनि बनाइदिनुपर्ने दबाब राजवंशीले दिए । कचनकवल १ का वडा सदस्य उग्र नारायण राजवंशी , मेलमिलाप समितिका सदस्य उपेन्द्र राजवंशीलगायतले आफूलाई कानुनी कारबाहीका लागि प्रहरीकहाँ जान नदिएको पीडितका दाजुले बताए । उनले पहिलो बैठकका दिन गाउँ समाजले बहिनी पाल्नका लागि जबरजस्ती पाँच कट्ठा जग्गा दिन लगाएको बताए । आफूहरू अन्यायमा परिरहँदा जनप्रतिनिधि र गाउँ समाजले वडा कार्यालयमै छेकेर राखेको पीडितका दाजुको भनाइ छ ।

यसैबीच प्रहरीले घटनामा संलग्न राजवंशीलाई आज दिउँसो पक्राउ गरेको छ । पीडितका तर्फबाट जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

यसअघि राजनीतिक प्रभावमा परी प्रहरी चौकी घेरावारिले पीडितहरूले दिएको जाहेरी नलिएको स्थानीय समाजसेवी कर्ण राजवंशीले बताए । गाउँ समाजमै बसेर मिलाउन सक्ने देखेर आफूहरूले सो घटना मिलाएको वडा सदस्य उग्र नारायण राजवंशीले बताए । उनले भने, ‘जानिएन कागज गरिहाल्यौँ जेल जानुपरे जाउला । ’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै