मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |
मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |


विराटनगरमा मौलाउँदो अवैध हुण्डी कारोबार

देश प्रदेश डेस्क 5218+ समाचार ( )
१४ पौष २०८०, शनिबार

झापा ठूलो परिमाणमा हुण्डीको रकमसहित मोरङ प्रहरीले विराटनगरबाट एक जना पक्राउ परे । स्रोत नखुलेको १९ लाख ९० हजार रुपैयाँसहित सुनसरीका देवानगञ्ज गाउँपालिका–५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका साह व्यापारी रहेको बुझिएको छ । उनी जय माता ट्रेडर्स देवानगञ्जमा धान चालमको व्यापार गर्ने व्यापारी हुन् । उनले अवैध रकम हुण्डीको पैसा गन्तव्यसम्म लैजाने क्रममा प्रहरीले उनलाई  विराटनगर–६ केशलिया मार्गबाट पक्राउ गरेको थियो ।

यसअघि कात्तिक १४ गते २१ लाख ८७ हजार रुपैयाँसहित १६ वर्षीय एक किशोर हुण्डीको रकमसहित पक्राउ परे । प्रहरीले उनलाई विराटनगरबाट पक्राउ गरेको थियो । हुण्डी कारोबारीले १८ वर्ष उमेर नपुगेका किशोरकिशोरीलाई कानून नलाग्ने भन्दै अपराधमा प्रयोग गरेको खुलेको छ । कारोबारीले बालबालिका पनि  प्रयोग गरेको प्रहरी अधिकारीहरू बताउँछन् । उक्त घटनाको हुण्डी कारोबारी विवेक गुप्ता र मनोज साह रहेको राजस्व अनुसन्धान कार्यालय इटहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरू अहिले पनि फरार छन् । साह सुनचाँदी पसल व्यवसायी रहेको बुझिएको छ । उनीहरू भारतमा रहेको बुझिएको छ । अदालतबाट पक्राउ पुर्जी जारी गरी अनुसन्धान भइरहेको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए । उनीहरूलाई फरार अभियुक्त बनाएर अदालतमा अभियोग लैजाने तयारी गरिएको छ ।

फागुन २६ गते विराटनगर–१५ सुडी बस्ती बस्ने धर्मानन्द साहलाई पनि प्रहरीले हुण्डीको रकमसहित विराटनगरबाट पक्राउ गर्यो । प्रहरीले साहको साथबाट ४ लाख ७५ हजार रुपैयाँ बरामद गरेको थियो ।

गत माघ २६ गते विराटनगर–१५ का रञ्जितकुमार साहलाई प्रहरीले हुण्डीको ९ लाख २० हजार रुपैयाँसहित पक्राउ गरेको थियो । अवैध हुण्डीको कारोबार गर्ने सुनसरी बर्जु गाउँपालिका–३ का २४ वर्षीय उमाकान्त राय गत असोज २७ गते नगद १० लाख रुपैयाँसहित विराटनगरबाट पक्राउ परेका थिए । उनी विराटनगरस्थित गणपति मनी ट्रान्सफरको आडमा हुण्डीको कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी उक्त मनी ट्रान्सफरका लेखा फाँटमा कार्यरत थिए ।

विराटनगरमा सहकारीको आडमा हुने गरेको हुण्डीको कारोबार यो घटनाले मनी ट्रान्सफरबाट हुने गरेको देखियो । मनी ट्रान्सफरको आडमा हुण्डीको कारोबार गर्ने उमाकान्तलाई पक्राउ गरेको एक हप्तापछि मोरङ प्रहरीले विराटनगर–७ बाट हुण्डीको कारोबार गर्ने अर्का स्थानीय ४९ वर्षीय विनोदप्रसाद साहलाई ७ लाख १८ हजार ८ सय रुपैयाँसहित पक्राउ गर्यो । प्रहरीले उनलाई कात्तिक ३ गते हुण्डी कारोबारको रकमसहित पक्राउ गरेको थियो ।

उल्लेखित घटनाले कोशी प्रदेशको राधजानी रहेको सहर विराटनगरमा अवैध हुण्डीको कारोबार फस्टाएको देखाउँछ । हुण्डीको रकम बोकेर सम्बन्धित ठाउँमा पु¥याउने भरियालाई मात्र पक्राउ गरिरहँदा अवैध हुण्डीको कारोबार गर्ने मुख्य नाइकेलाई प्रहरीले पक्राउ गर्न नसक्दा महानगर क्षेत्रमा हुण्डी कारोबार फस्टाएको उल्लेखित घटनाले पनि पुष्टि गरेको छ ।

प्रहरीले बुधबार पक्राउ गरेका साहलाई को.७ प ५२२१ नम्बरको मोटरसाइकलमा हुण्डीको रकम गन्तव्यसम्म लैजाने क्रममा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले  जानकारी दिए । ‘पक्राउ परेका साह भरिया रहेको खुलेको छ’ डिएसपी दाहालले भने, ‘हुण्डीमा प्रयोग भएको रकम लिएर जोगवनीबाट विराटनगर आउने क्रममा उनी पक्राउ परेका हुन् ।’ उनीहरूले सम्बन्धित ठाउँमा हुण्डीको रकम पु¥याए बापत प्रतिव्यक्ति १ लाखको एक सय रुपैयाँ पाउने गरेको बयानको क्रममा प्रहरीलाई बताएका छन् ।

अवैध हुण्डीको कारोबार गर्ने गिरोहले १ लाख रुपैयाँ पठाउँदा ३ हजारदेखि ५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको प्रहरीका अनुसन्धान अधिकारीहरू बताउँछन् । मनी ट्रान्सफरबाट अहिले ५० हजारभन्दा बढी पठाउन नपाउने र बैङ्कबाट १० लाखभन्दा बढी रकम पठाउँदा स्रोत खुलाउनु पर्ने भएकोले अवैध धन्दा गर्नेहरू हुण्डीको प्रयोग गर्दछन् । हुण्डीबाट कारोबार गर्दा स्रोत देखाउनु नपर्ने र राजस्वसमेत छली गर्ने भएकोले विराटनगरमा ठूलो सङ्ख्यामा हुण्डीको कारोबार हुने गरेको प्रहरीको भनाइ छ ।

हुण्डीको कारोबार गर्नेको नेटवर्क अन्तर्राष्ट्रियस्तरसम्म फैलिएको छ । प्रहरीले हुण्डी कारोबारमा संलग्न भरियालाई मात्र पक्राउ गर्दै आएको छ । चालु आर्थिक वर्षको चार महिनामा मोरङ प्रहरीले हुण्डीको रकमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबै भरिया मात्र हुन् । प्रहरीले पक्राउ गरेपछि थप अनुसन्धान र कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने गरेको छ । प्रहरीले पक्राउ गरेर बुझाएका अभियुक्तहरूलाई थप अनुसन्धान नगरी धरौटीमा छोड्ने गरेको पाइएको छ । राजस्व कार्यालय पनि हुण्डीको गिरोहसम्म पुग्न सकेको छैन । जसले गर्दा गिरोहले अवैध हुण्डी कारोबारलाई निरन्तरता दिने गरेको छ ।

‘हुण्डीमा संलग्न गिरोहको कनेक्सन यस्तो हुन्छ कि भरिया र हुण्डी कारोबार गर्ने मुख्य मान्छेबीच चिनजान नै हुँदैन’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘त्यही भएर पनि मुख्य कारोबारीलाई पक्राउ गर्न सकिरहेका छैनौँ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार