मुख्य समाचार
झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा | शिवसताक्षी नगरपालिकामा कर्मचारी भर्ती र भत्ता वितरणमा मनपरी ? १ करोड १४ लाख रुपैयाँमाथि महालेखाको प्रश्न |

बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन
कांग्रेसले महासचिव पद नदिएपछि राप्रपा एमालेसंग मिल्यो

देश प्रदेश डेस्क 5351+ समाचार ( )
१७ माघ २०८०, बुधवार

झापा । नेपाली कांग्रेसले महासचिव पद नदिएपछि बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा राप्रपा, एमाले नेतृत्वको प्यानलमा समाहित भएको छ ।

कांग्रेस र एमाले दुवै दलसंग उत्तिकै छलफलमा रहेको राप्रपाले कांग्रेसले महासचिव पद नदिने देखेपछि एमाले नेतृत्वको प्यानलसंग सहमति गरेको हो ।यसअघि नै एमालेले राप्रपालाई प्यानलमा आउन आग्रह गरेको थियो । हिजो भएको छलफलमा एमाले , माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाका उद्योगी व्यवसायी एक भएर स्वतन्त्र व्यावसायिक प्यानल बनाई प्रतिष्पर्धामा उत्रने सहमति गरेका छन् ।

दलका नेताका साथ भेला भएका उद्योगी व्यवसायीले सहमतिका साथ अघि बढ्न कार्यदल समेत गठन गरेका छन् ।
कार्यदलमा एमालेबाट देवराज कार्की र सुवास भट्टराई, माओवादी केन्द्रबाट कुवेर श्रेष्ठ अरुण र जेवी जवेगु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट फणिन्द्रराज न्यौपाने र अर्जुन उप्रेती, राप्रपाबाट वेदप्रकाश अग्रवाल र रञ्जु प्याकुरेल तथा जनता समाजवादी पार्टीबाट गौरीमान राई र अभिषेक राई रहेका छन् । कार्यदलको बैठकले चाँडै उम्मेद्वार चयन गर्ने समेत सहमति गरेको छ ।
स्रोतका अनुसार अध्यक्षमा अर्जुनकुमार मैनाली, बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेल, सचिवमा ओमप्रकाश श्रेष्ठलगायतको उम्मेद्वारी रहने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार