मुख्य समाचार
युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित | झापामा सर्पले डसेर बृद्दाकाे मृत्यु |
मुख्य समाचार
युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित | झापामा सर्पले डसेर बृद्दाकाे मृत्यु |


आदिवासी रंगशालाको काम पुनः शुरु ,स्थानीयहरु हर्षित

देश प्रदेश डेस्क 5228+ समाचार ( )
२४ माघ २०८०, बुधवार

झापा । झापाको कमल गाउँपालिका वडा न. ५ पाडाजुंगीमा रहेको आदिवासी रंगशालाको पुनः निर्माण शुरु भएको छ ।

आज रंगशालामा परिसरमा संक्षिप्त कार्यक्रम गरी निर्माण कार्यको औपचारिक रुपमा शुभारम्भ गरिएको हो । निर्माण कार्यको शुभारम्भ रंगशालाका अध्यक्षसमेत रहेका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गरे ।
निर्माण कार्यको शुभारम्भका क्रममा अध्यक्ष राईले आदिवासी रंगशालाको कामले अव गति लिने बिश्वास व्यक्त गरे । उनले यो रंगशाला कमलकै गहना भएकाले यसको विकासमा सबै एक भएर लाग्नुको विकल्प नभएको औल्याए । उनले भने,‘आदिवासी रंगशालालाई समयमा नै निर्माण सम्पन्न हुनेगरी काम अघि बढाउन स्थानीय सरकार यसमा गंभीर छ ’

रंगशालाको अगुवाई स्थानीय आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले गर्दै आएको छ । २०६६ सालमा त्यहाँ बर्षौदेखिको आदिवासी, जनजातिको पितृको चिहान भत्काएर आदिवासी रंगशाला निर्माण गर्न स्थानीय स्तरमा सहमति भएको थियो । तर ,पछिल्ला केही बर्ष भने रंगशालाको नाममा विवाद भएपछि रंगशालामा सरकारी बजेट प्राप्त हुन नसक्दा निर्माण कार्य रोकिएको थियो ।

रंगशाला समितिका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषदमार्फत यस वर्ष रु १ करोड बजेट बिनियोजन भएको छ । सोहि बजेटबाट रंगशालाको काम थालिएको हो । बजेटमध्ये डीपीआर अनुसारको उपभोक्तामार्फत रंगशालाका प्रारिम्भक चरणका थप कामहरु शुरु गरिएको उनले बताए ।
यस वर्ष रंगशाला निर्माणका लागि परिषदको रु ७६ लाख ९२ हजार ६ सय ९२ र उपभोक्ताको रु ८ लाख ५४ हजार ६ सय ९२ रुपैयाँ गरी कुल रु ८५ लाख ४६ हजार ९ सय २८ रुपैयाँको वजेटबाट ३ सय मिटर लामो कम्पाउण्ड वाल निर्माण गरिने उनले जानकारी दिए । रंगशाला निर्माणको राखेपसंग यसअघि नै रंगशाला समितिले संझौता गरिसकेको रंगशाला निर्माण उपभोक्ता समितिले जनाएको छ ।

उपभोक्ता समितिले माघ १८ बाट शुरु गरी २०८२ जेठ १५ गतेभित्रमा योजना अनुसार काम सम्पन्न गर्नुपर्र्ने संझौतामा उल्लेख छ । निर्माण कार्यलाई प्रभावकारी बनाउन उपभोक्ता समितिले साताको शनिवार स्थानीयलाई श्रमदान गर्नेगरी काम अघि बढाउने उपभोक्ता समितिका अध्यक्ष राईले बताए ।

उक्त वजेट अनुसारको काम सम्पन्न गर्न रंगशाला समिति तथा सरोकारवालाहरुले महासचिव दिपेनवाला राईको अध्यक्षतामा पाँच सदस्यीय उपभोक्ता समिति र पालिका अध्यक्ष हुकुमसिंह राईको संयोजकत्वमा अनुगमन समिति गठन गरेका छन् । गठित उपभोक्ता समितिको उपाध्यक्ष विष्णुमाया थापा, सचिवमा रविन गुरुङ,कोषाध्यक्षमा देवेन्द्रराज आङदेम्बे तथा सदस्यहरुमा रोशन दाहाल,सुदिप राई र मनकुमारी लिम्बू रहेका छन् ।

यसैगरी, अनुगमन समितिको सदस्यहरुमा रन्जित तामाङ, नित्यानन्द ताजपुरिया, विष्णु सुब्बा आङदेम्बे, लालबहादुर विष्ट, पारसमणि राई रहेका छन् ।

सरकारले रंगशालामा वजेट उपलव्ध नगराउँदा रंगशालाको कामले गति लिन सकेको थिएन् । रंगशालाका लागि विभिन्न आर्थिक वर्षमा रु ४ करोड बढी वजेट बिनियोजन भएपनि वजेट पूर्ण रुपमा कार्यान्वयन हुन नसक्दा रंगशाला ओझेलमा परेको स्थानीयको भनाई छ ।

शुभारम्भ कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, कमल १ का वडाध्यक्ष केदार कटुवाल, २ का वडाध्यक्ष अशोक सुब्बा, ५ का वडाध्यक्ष एलवी विष्ट , ६ का वडाध्यक्ष नरेन्द्र भट्टराई, माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङ, प्रदेश कोषाध्यक्ष गगन पुरी, रंगशालाका पूर्व महासचिव धिरेन लावती, गाउँपालिकाका इन्जिनियर सागर यादव,कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, कमल कांग्रेसका सभापति खगेन भण्डारी, नेफिन कमलका अध्यक्ष बदी राईसहित रंगशाला समितिका पदाधिकारी,सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार