मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

झापामा यस वर्ष धानको उत्पादनमा बृद्धि

देश प्रदेश डेस्क 5360+ समाचार ( )
५ पौष २०८०, बिहीबार

झापा झापामा यस वर्ष धानको उत्पादनमा  बृद्धि भएको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि धानको उत्पादनमा भने बृद्धि भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

केन्द्रका प्रमुख सागर विष्टले यो वर्ष झापामा ४ लाख ३३ हजार ८०९ दशमलव २५ मेट्रिकटन धान उत्पादन भएको जानकारी दिए। जुन गत बर्षको भन्दा ५ हजार ९ सय ३४ मेट्रिकटन बढि हो । गत वर्ष ४ लाख २७ हजार आठ सय ७५ मेट्रिकटन धान उत्पादन भएको थियो ।

गत बर्षको भन्दा धान खेतीको क्षेत्रफल भने कम रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष ८६ हजार ६२५ हेक्टर क्षेत्रफलमा बर्खेधान रोपाइँ भएकोमा यो वर्ष ८५ हजार ७५० हेक्टर क्षेत्रमा मात्रै धानको खेती भएको छ ।

क्षेत्रफल घटेपनि समयमा रासायनिक मल उपलब्ध हुनु, सिँचाइका लागि समस्या नहुनुजस्ता कारणले धानको उत्पादनमा वृद्धि कृषि ज्ञान केन्द्रका प्रमुख विष्टको भनाई छ । त्यस्तै झापामा यस वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ५ दशमलव ०५९ मेट्रिकटन पुगेको छ । गत वर्ष भने धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ८९ मेट्रिकटन रहेको थियो । धानको उत्पादनमा वृद्धि संगै यो बर्ष धानको उचित मुल्य प्राप्त भएपछि किसान पनि खुसी बनेका छन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ देखि ५० प्रतिशतसम्म धानको मूल्य वृद्धि भएपछि किसान खुसी भएका हुन् । अघिल्लो वर्ष एक हजारदेखि अधिकतम एक हजार दुई सय रुपियाँ प्रतिमन धान बेचेका किसानले अहिले एक हजार पाँच सयदेखि एक हजार छ सय रुपियाँसम्मका धान विक्री गरिरहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार