मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

ताप्लेजुङमा एमाले नेता सेन्देङ्गमाथि कुटपिट

देश प्रदेश डेस्क 5475+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

झापा / ताप्लेजुङमा नेकपा एमाले नेता एवं वडाध्यक्ष टेकेन्द्र सेन्देङ्गमाथि कुटपिट भएको छ ।

आठराई त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष सेन्देङ्गमाथि कुटपिट भएको हो । नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेको सेन्दाङ्माथि जिल्ला कमिटीको बैठकबाट घर फर्कने क्रममा शनिबार सदरमुकाम नजिकैको तक्मेडाँडामा कुटपिट गरिएको थियो।

७ जना जतिको समूहको आक्रमणबाट घाइते भएका वडाध्यक्ष सेन्देङ्गलाई ताप्लेजुङ अस्पतालबाट रिफर गरेर थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको हो । सेन्देङ्गसँगै मोटरसाइकलमा सवार जिल्ला कमिटी सदस्य मनकुमार लिम्बु जिल्लामै उपचार गरेर घर फर्किनुभएकाे छ ।

सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तिहरुलाई पक्राउ गरेपनि नाम खुलाइएको छैन । घटनामा संलग्नहरूको किटानी उजुरी दिने तयारी भइरहेको एमालेले जनाएको छ। कुटपिटमा संलग्नहरुको पहिचान भइनसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको हो ।

त्यस्तै, ताप्लेजुङका प्रतिनिधि सभा सदस्य समेत रहेका एमालेका सचिव योगेश भट्टराईले घटनामा संलग्नलाई कारबाहीको माग गनुृभएको छ। गृहमन्त्री रमेश लेखकलाई लिखित पत्र लेख्दै उहाँले आइतबार सर्वसाधारण नागरिकको शान्ति सुरक्षाको प्रबन्ध मिलाउन समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै