मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

नेपालबाट ४५ जना यात्रु सवार बस भारतमा दुर्घटनाः दुई जनाकाे मृत्यु

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१७ मंगशिर २०८२, मङ्गलबार

झापा / नेपालकाे बुटवलमा रहेकाे शुभसाइत ट्राभल्सबाट टिकट काटेर गएका ४५ जना यात्रुहरू चढेकाे बस भारतमा दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ ।

भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा सोमबार राति २ बजे आसपास नेपाली यात्रु लिएर गएको यूपी २२ एटी ०२४५ को बस   दुर्घटनामा परेको हो।

यात्रुहरूको टिकट काटिदिएको शुभसाइत ट्राभल्सका अनुसार बसमा गएका सबै यात्रुहरू बुटवलबाटै गएकोले मृतक र घाइतेहरू अधिकांश बुटवल र आसपासका रहेका छन्।

उक्त बस भारतीय ट्रकसँग ठोक्किएपछि आगो लागेपछि जलेर यात्रुहरूको मृत्यु भएको र घाइते भएको बुझिएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले भने उक्त घटनाबारे कुनै जानकारी नआएको बताएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले भारतीय बस दुर्घटनामा परेको केही सञ्चार माध्यमबाट थाहा पाए पनि बुटवलबाट गएका यात्रुहरू चढेको बस हो भन्ने आफूहरूलाई जानकारी नभएको बताए।

‘बुटवलबाट गएका यात्रु चढेको बस दुर्घटनामा परेकोबारे जानकारी छैन, अब बुझ्दैछौं,’ उनले भने।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार