मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

गएराति धनकुटाको चौबिसे वडा नं.४ फलामेटारस्थित तमोर–करिडोर सडक खण्डमा बिराटनगरबाट ताप्लेजुङतर्फ हाइड्रोपावरको सामान बोकेर जादै गरेको लोबेट (ट्रक) मा दुर्घटनापछि आगलागी हुँदा जलेर चालकको मृत्यु भएको छ ।

राति ८.३० बजेतिर हाइड्रोपावरको सामान बोकेर जादै गरेको प्र १–०२–००१ क ५३६३ नं.को लोबेट (ट्रक) ब्रेक फेल भई सडकबाट चिप्लिएर नालातर्फ भित्तामा घस्रिएर अचानक आगलागी भएको हो । उक्त लोबेटको (ट्रक) अगाडीको भागमा लागेको आगोबाट चालक भोजपुर बस्ने ३० वर्षीय बिशाल राईको जलेर मृत्यु भएको हो । सह–चालक तेह्रथुम म्याग्लुङ ९ बस्ने १८ वर्षीय संजिव संग्रौला भने सकुशल रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट फलामेटारमा जानकारी हुनसाथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा४ जना र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रंजितकारको कमाण्डमा १५ जनाको टोली खटिएको थियो । नेपाल प्रहरी र स्थानीयवासीहरुको सहयोगमा राति ९ः४० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार