मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

बिर्तामोडको उद्योगमा काम गर्ने युवती झुन्डिइन्

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२७ माघ २०८१, आइतबार

बिर्तामोड नगरपालिका–३ सूर्यनगरस्थित रिद्धिसिद्धि भेनियर उद्योगमा काम गर्ने एक युवतीले झुन्डिएर आत्महत्या गरेपछि ठेकेदार फरार भएका छन् ।

गएराति रिद्धिसिद्धि भेनियर उद्योगको कामदार बस्ने क्वाटरभित्र कचनकवल गाउँपालिका वडा न.३ केचना बस्ने १७ वर्षीया रियाना खातुनले सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेकी हुन् । त्यसपछि ठेकेदार भारत अररिया बस्ने २५ वर्षीय बिजला मोहमद फरार भएका हुन् ।

बाँसको चित्राको घेराबारा, टिनको छानो भएको एकतले घरको कोठाभित्र दुईवटा बेडमा मृतक रियाना , मृतकका बहिनी १४ वर्षीया साजना खातुन र ठेकेदार मोहमद तीनै जना सुतेका थिए । आत्महत्या गरेको खबरपछि प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक पदम बिष्टको कमाण्डमा टोली पुग्दा उक्त कोठाभित्र मृतकलाई ओछ्यानमा सुताइराखेको भेटिएको थियो । सो घटनापछि फरार भएका ठेकेदारको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । घटनामा त्यस्तो कैफियत नदेखिएको उनको भनाई छ । मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार