मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

सुन तस्करीमा संलग्न विश्वकर्मा पुनः पक्राउ

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२८ जेठ २०८२, मङ्गलबार

झापा   पक्राउ परेर धरौटीमा रिहा भएका बिर्तामोड नगरपालिका– ८ गरामनी बस्ने ३० वर्षीय अमिर ल्वागुन विश्वकर्मा पुनः पक्राउ परेका छन् ।

काठमाण्डौं मैतीदेवी निवासी बुद्ध शंकरको पसलमा सुनचाँदीको काम गर्दै आएका विश्वकर्मा नेपालगञ्ज विमानस्थलबाट अढाई केजी सुनसहित पक्राउ परेका थिए । उनीसहित मोरङका बुद्धिमान खाती पनि पक्राउ परेका थिए । उनीहरु २५–२५ लाख रुपैयाँ तिरेर धरौटीमा रिहा भएका थिए ।

विदेशी विनिमय दर छलकपट गरेको आरोपमा राजस्व चुहावट सम्बन्धी मुद्धामा उच्च अदालत पाटनको गत फागुन २९ गतेको फैसलाले विश्वकर्मालाई १ बर्ष २ महिना १५ दिन कैद, नगद रु. २ करोड ८४ लाख ५८ हजार ६०५ रुपैयाँ जरिवाना तोकेको थियो । अदालतको फैसलापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले हिजो साँझ ७.३० बजे घरबाटै पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत झापामा उपस्थित गराई अदालतको आदेशले आज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उच्च अदालत पाटनले सुनकाण्डमा संलग्न खातीलाई पनि १ बर्ष २ महिना १५ दिन कैद, नगद रु. २ करोड ८४ लाख ५८ हजार ६०५ रुपैयाँ जरिवाना तोकेको छ । सुन तस्करी गराउन लगाउने बुद्ध शंकरलाई ३ वर्ष कैद र २४ करोड रुपैयाँ जरिवाना तोकेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार