मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

पूर्व प्रहरी सङ्गठन भद्रपुरद्वारा विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

झापा झापामा अत्यधिक रुपले लागूऔषधको प्रयोग, दुर्व्यसन र ओसार –पसार बढेर गएको भन्दै पूर्व प्रहरी सङ्गठन नगर समिति भद्रपुर झापाले सचेतना अभियानलाई निरन्तरता दिदै आईरहेको छ । लागूऔषध दुर्व्यसन न्यूनिकरणका लागि सो समितिले भद्रपुर नगरपालिकासँग समन्वय गरेर विद्यालय स्तरमा विद्यार्थीहरुलाई सचेतना जगाउँदै न्यूनिकरणका लागि कार्यक्रम सञ्चालन गरिरहेको हाे ।
समितिले आइतबार भद्रपुर ३ का अरनीको माध्यमिक विद्यालय र चन्द्रभानु माध्यमिक विद्यालयमा  अध्ययनरत कक्षा ९  र १० का छात्र–छात्राहरुलाई भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा एक दिने लागूऔषध दु्र्व्यसन विरुद्ध विद्यालयमा सचेतना कार्यक्रम गरेकाे थियाे ।

सचेना कार्यक्रममा नगरप्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले विद्यार्थीहरुलाई लागूऔषध प्रयोग गर्दा हुने शारिरिक मानसिक र समाजिक असरकाे बारेमा जानकारी गराएका थिए । कार्यक्रममा पूर्व सइ डिगबहादुर बुढाथोकी र जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रविण श्रेष्ठले लागूऔषधका विषयमा प्रशिक्षण दिएका थिए ।
समितिका अध्यक्ष अम्विका पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा सचिव राजकुमार थापाले सहजीकरण गरेका थिए ।
कार्यक्रममा पूर्व प्रहरी सङ्गठनका पदाधिकारी ,शिक्षक, विभिन्न सङघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार