मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

भद्रपुरमा मारवाडी महिलाले मनाए तीज

देश प्रदेश डेस्क 5418+ समाचार ( )
३० श्रावण २०८३, शनिबार

झापा हिन्दु महिलाहरुको मुख्य चाड तीजको आगमनसगै भद्रपुरमा बृहत्त सिन्धारा(तीज) कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर मारवाडी महिला मञ्च भद्रपुर झापाले शुक्रबार अपरान्ह्  विविध सांकृतिक कार्यक्रम गरी विषेश तीज कार्यक्रम सम्पन्न गरेको हो ।
 मञ्चकी अध्यक्ष निलम गोयलको सभापतित्व तथा  नेपाल राष्ट्रिय मारवाडी महिला सङ्गठनकी महासचिव अनु जैनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनिता शर्मा र सुनिता कोठारीले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।
 मञ्चका पूर्व अध्यक्ष अर्चना मित्तल,लक्ष्मी सरिया,कुशुम सरावगी, प्रिती मित्तल र निकी साहेवालालाई सम्मान गरिएको थियो । कार्यक्रममा सामूहिक नृत्य,संस्थाको गतिविधि,रमाइला खेलहरु प्रस्तुत गरिएको थियो ।
 नेपालमा रहेका विभिन्न चाड पर्वलाई जोगाई राख्न आजको आवश्यक्ता रहेकोले यस्तो कार्यक्रम गरिएको सहभागी महिलाहरुले बताए ।
 कार्यक्रममा भद्रपुर नगरकी उपप्रमुख राधा कार्की, शिक्षा शाखा प्रमुख पवित्रा ढकाल,उद्योगी ,व्यवसायी, मञ्चका छिमेकी नगरका प्रमुख एवम प्रतिनिधि लगायत नगर क्षेत्रका करिब एकसय मारवाडी महिलाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार