मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |
मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |


चिया निर्यातमा भारतकाे अबराेध हटाउन मन्त्रीलाइ ध्यानाकर्षण

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२३ माघ २०८१, बुधवार

झापा चिया निर्यातबाट मुलुकमा वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा भित्रिएको अवस्थामा भारतले चियाको निर्यात रोके समस्या हुने भन्दै मन्त्रीलाइ ध्यानकर्षण गराएका छन् । भारतीय पक्षले नेपाली चिया निर्यातमा अवरोध गर्ने गरी अनिवार्य रूपमा भारतीय अक्सन (लिलामी प्रक्रिया) मार्फत मात्र आयात गर्ने तयारी गरेपछि चिया क्षेत्रका सरोकारवालाहरूले कृषि तथा पशुपंछी विकास मन्त्री रामनाथ अधिकारीलाई ध्यानाकर्षण गराएका हुन् ।

चिया उद्योगी, चिया किसान, मजदुर र कफी तथा चिया विकास बोर्डका अधिकारीहरूले कृषि मन्त्री अधिकारीलाई भेट्दै चिया क्षेत्रको विकासमा तत्काल काम थाल्न आग्रह गरेका हुन् ।
बुधवार भएको भेटमा प्रादेशिक चिया समन्वय समितिका अध्यक्ष तथा चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले भारतीय अक्सन बजारमा अनिवार्य रूपमा जानु पर्ने अवस्था आए नेपाली चिया भारत निर्यात गर्न नसकिने बताए ।
नेपालमा करिब २८ हजार हेक्टरमा चिया खेती हुँदा वार्षिक २७ मिलियन के.जी तयारी चिया उत्पादन भइरहेकोमा भारतले निर्यात रोक यो क्षेत्र धराशायी हुने उनले जानकारी गराए।

नेपालमा १७ हजार साना चिया कृषक छन् । कोशी प्रदेशमा मात्रै १५० ठुला स्तरका कारखाना र त्यति नै संख्यामा साना मझौला चिया प्रशोधन कारखानाहरू सञ्चालनमा रहेका छन् ।

पराजुलीले मन्त्री अधिकारीको ध्यानाकर्षण गराउँदै तत्काल दुई देशका बिचमा वार्ता र समन्वयमार्फत समस्या समाधान नभए ७० हजार श्रमिकको रोजीरोटी गुम्ने उनले अवगत गराएका थिए ।

केन्द्रीय चिया सहकारी संघ इलामका अध्यक्ष हर्क तामाङले भारत सरकारले नेपाली चियालाई अनिवार्य भारतीय अक्सन (लिलामी प्रक्रिया) मार्फत मात्र आयात गर्ने नीतिगत व्यवस्था गर्न लागेकाले समस्या हुने बताए ।
उनले मन्त्री अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै भन्सार नाकामा खाद्य सुरक्षा र अन्य विषय देखाई निर्यातमा झन्झटिलो बनाइएको छ । चिया निर्यातलाई निरुत्साहन गर्ने गतिविधि भएको छ । यो समस्या समाधान गर्न चिया क्षेत्रका सबै सरोकारवाला काठमाडौँ आएकाे जानकारी गराए ।

नेपालमा ९८ प्रतिशत भन्दा बढी चिया खेती कोशी प्रदेशमा हुने गरेको छ । चियाबाट प्रदेशको आर्थिक उन्नति हुन सक्ने भए पनि चिया क्षेत्रको विकासमा ठोस नीति नभएकाले समस्या भएको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसन,इलामका उपाध्यक्ष अविनन्द गिरीले बताए ।
चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले चिया क्षेत्रको समस्या समाधान गर्न सरकारले तत्कालीन र दीर्घा कालिन योजना बनाएर समस्या समाधानमा लाग्नु पर्ने बताए । मन्त्री अधिकारीलाई ध्यानाकर्षण बुझाउने क्रममा उनले भारत सरकारले कलकत्तामा रहेको केन्द्रीय खाद्य प्रयोगशालाबाट नेपाली चिया परीक्षण गरी निर्यात गर्न सहज गरिदिनु पर्ने बताए ।

अहिले केन्द्रीय खाद्य प्रयोगशालाको परीक्षण गराएको आधारमा आयात गर्न भारतीय क्रेताहरूलाई अनुमति दिने व्यवस्था लागु गरिएको छ ।

भेटमा सरोकारवालाहरूले नेपाल सरकारको तर्फबाट चियाको आउने सिजन सुरु हुनु पूर्व भारतीय पक्षसँग वार्ता छलफल र सहकार्य मार्फत समस्या समाधानका लागि पहल गर्न मन्त्री अधिकारीसमक्ष अनुरोध गरे ।
कृषि तथा पशुपंछी विकास मन्त्री रामनाथ अधिकारीले चिया क्षेत्रको समस्या समाधानमा आफू लाग्ने बताए । उनले एक साता भित्रमै राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेतृत्व पाउने सरोकारवालालाई आश्वासन दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै