मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

नक्कली सुनलाई सक्कली भन्दै २१ लाख भन्दा बढी ठगी गर्ने दुई जना पक्राउ

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१२ श्रावण २०८२, आइतबार

झापा / नक्कली सुनलाई सक्कली भन्दै २१ लाख भन्दा बढी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।उनीहरुले विभिन्न मितिमा साढे २१ लाख ठगी गरेको प्रहरीले जानकारी दिएकाे छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भएका २८ वर्षीय बुद्धिबहादुर तामाङ र नुवाकोटको मेगङ गाउँपालिका–८ घर भएका २२ वर्षीय सुमन तामाङ रहेका छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले नक्कली सुन देखाई प्रति तोला १ लाख १० हजार रुपैयाँ दरले दिन्छु भन्दै दुई जनालाई ठगी गरेको पाइएको छ ।

ओखलढुंगाका एक व्यक्तिलाई २५ फागुन २०८१ मा भक्तपुरको इबामोरा चोकमा बोलाई १२ लाख ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

त्यसैगरी २७ जेठ २०८२ मा दोलखाका अर्का व्यक्तिलाई भक्तपुरकै पान्डुबजारमा बोलाएरर ९ लाख ५० हजार रुपैयाँ लिएर ठगी गरेको पाइएको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । उनीहरूबाट ठगी गर्न प्रयोग गरिने एक किलो नक्कली सुन पनि बरामद भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार