मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |
मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |


आजदेखि साकेला उभौली पर्वः उल्लासमय बन्दै किराँत गाउँबस्ती

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

झापा ।  किराँत समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिक रूपमा सुरु भएको छ । यसलाई चण्डीनाँचका रुपमा पनि चिनिन्छ । नेपालको आदिवासी किराती राईहरुको पनि आफ्नो छुट्टै पहिचान छ । उनीहरुको आफ्नौ धर्म आफ्नै भाषा र आफ्नै सस्कृती छ । नेपालको कुल जनसंख्या मध्ये करिव ७ लाख यी समुदायका मानिस छन् । आदिवासी किरातीहरु प्रकृति पुजक भएकाले प्रकृतीलाई खुशी पार्न बाली नाली राम्रो होस् भनेर बाली लगाउने समय बैसाख पूर्णिमा अर्थात चण्डि पूर्णिमा र बाली नाली भित्त्राउने समय मंसिरे पूर्णिमा अर्थात धान्नपूर्णिमामा बर्षको दुई पटक विशेष गरी प्रकृतिको पुजा गरी खुशीयालीका साथ चण्डी नाँच नाचिन्छ । 

साकेला उभौलीका अवसरमा परम्परागत वेशभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नाच्ने गरिन्छ । घरघरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै गोलो घेरामा साकेला नाच्ने गरिन्छ ।

यहीँ अवसरमा किराँत समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीमा युवायुवती, केटाकेटी र बूढापाकाको जमघट तथा साकेला गीत र नाचले गुञ्जयमान बन्ने गरेको छ । साकेला चाड अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमा र उठाउने बेला मङ्सिरे पूर्णिमाको अवसर पारेर वर्षमा दुईपटक मनाउने गरिन्छ ।

उभौलीको अवसरमा किराँत राईहरूको ऐतिहासिक थलो मानिएका ठाउँहरूमा पूजाआजा गरिएसँगै महिना दिनसम्म यो चाड मनाउने प्रचलन छ । जिल्लाको किराँत ऐतिहासिकस्थल तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुङ, रुपाकोट, मेरुङ, जन्तेढुङ्गा, छोङ्खालगायत धार्मिक तथा पर्यटकीयस्थलका साथै साकेला थानमा साकेला नाचिन्छ ।

किराँती राई समुदायको घनाबस्ती रहेको माझ किराँत खोटाङका हरेक गाउँ तथा बस्तीमा साकेला सिली प्रदर्शन गर्दै उभौली चाड मनाउने गरिएको छ ।

छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाकाटोपी किराँती मौलिक वेशभूषामा ठाँटिएर हरेक किराँतीका घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो पर्वमा किराँत समुदायमात्र नभई गैरकिराँत समुदायका युवायुवतीसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएर साकेला सिली नाच्ने गर्दछन् ।

चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल/झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनासहितका गीत गाउँदै साकेला उभौली मनाइन्छ । खुला आकाशमुनि गोलो घेरा हालेर संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला नाच्ने र एकआपसमा सद्भाव साटेर यो पर्व मनाउने गरिएको छ ।

बालकदेखि वृद्धवृद्धासम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला नृत्यले यो आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गर्दछ । हातखुट्टाको चालले पङ्क्तिबद्ध रूपमा साकेला सिली नाच्दा प्रस्तुत हुने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रियाहरू प्रदर्शन गरिन्छ ।

साकेला उभौली चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्धन्द्धलाई निरुत्साहित गर्न भूमिका खेल्ने किराँत राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किराँतले बताए ।

‘साकेलामा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । प्रकृति र पितृको पूजासँगै मनाइने यो चाडले किराँत र गैरकिराँतबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पुर्‍याउँछ’, उनले भने, ‘साकेला अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमा र उठाउने बेला मङ्सिरे पूर्णिमाको अवसर पारेर वर्षमा दुईपटक मनाउने गरिन्छ । यसले पराइघर गएका छोरीचेली र बाउमाइती भेटेर दुःखसुखको कुराकानी गर्ने वातावरणसमेत सिर्जना गर्ने भएकाले पनि महत्वपूर्ण मानिन्छ ।’

दश स्थानीय तह रहेको खोटाङमा किराँत ऐतिहासिकस्थल मझुवागढीबाट औपचारिक रूपमा सुरूवात गरिने साकेला उभौली महिना दिनपछि दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गरिने अध्यक्ष किराँतले जानकारी दिए ।

उनका अनुसार समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घसंस्थाका प्रतिनिधिलगायतलाई सहभागी गराएर साकेला सिली नाच्न लगाउने गरिन्छ ।

साकेला उभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लामा धुमधामकासाथ मनाउने गरिएको छ ।

यसलाई किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाड मान्ने गरेका छन् । साकेला उभौली चाडको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । आज किराँत समुदायको साकेला उभौली चाडसँगै बुद्धजयन्तीसमेत परेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै