मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

स्रोत नखुलेको रकमको झापामा ठूलो कारोबार

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२८ मंगशिर २०८१, शुक्रबार

झापा झापामा स्राेत नखुलेकाे नेपाली , भारतीय रुपैयाँदेखि अमेरिकी डलरसम्मको कारोबार भइरहेको खुलेको छ ।

नेपाली , भारतीय रुपैयाँदेखि अमेरिकी डलरसम्मको कारोबार भइरहेको विभिन्न घटनाले देखाएको छ । कारोबारीहरुले भरियामार्फत त्यस्तो कारोबार गर्ने गरेको पाइएको हो । विहीबार २९ हजार ७०० अमेरिकन डलरसहित गौरादह नगरपालिका–५ बस्ने २५ वर्षीय मोहम्मद नौसाद मिया पक्राउ परेका थिए । उनले सो रकम आफ्नो नभएर आफूले भरियाको काम गरिदिएको बताएका छन् ।

दमकको पूर्व बसस्टेन्डमा प्रहरी टोली देखेर मिया प्रदेश १–०२–००१ ख ९५३० नम्बरको यात्रुवाहक बस चढेर भागेका थिए । दमकबाट पूर्वका लागि छुटेको सो बसलाई दमक प्रहरीका प्रहरी नायव उपरीक्षक निशान थापाको कमान्डमा खटिएको प्रहरी टोलीले पछ्याउँदै कमल गाउँपालिका –३ केर्खा चोकस्थित पूर्वपश्चिम राजमार्गमा रोकेको थियो । बसमा चढेर भागेका मियाले बोकेको कालो झोला चेकजाँच गर्दा स्रोत नखुलेको अमेरिकन डलर १०० दरका २९७ थान २९,७०० ( नेपाली दररेट १ डलरको १३५.८२ अनुसार रु.४०,३३,८५४) फेला परेको हो । उनलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरी कार्वाहीका लागि राजश्व कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताए ।

यसअघि मंसिर १६ गते झापा गाउँपालिका ५ खाताबस्ती पुलमा सशस्त्र प्रहरीको टोलीलाई देखेर एक व्यक्ति ५ लाख ५० हजार नेपाली रुपैयाँ भएको झोला छोडेर भागेका थिए ।

उता तीन दिनअघि मोरङको रंगेली नगरपालिका–८ दर्वेसाकी ६५ वर्षीया ज्योतिदेवी अग्रवालले घरमा अवैध रकम राखेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको टोलीले उनको घर कोठा खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत नखुलेको एक हजार र पाँच सय दरका नेपाली रुपैयाँ ४७ लाख ४९ हजार बरामद भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार