मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

आजमात्र धुम्म हो, भोलिदेखि घाम लाग्छ : मौसमविद्

देश प्रदेश डेस्क 5303+ समाचार ( )
२१ मंगशिर २०८०, बिहीबार

झापा जल तथा मौसम विभाग, मौसम पूर्वानुमान शाखाले भोलीदेखि मौसममा सुधार भएर दिउँसोको समयमा घाम लाग्ने बताएको छ । बिहीबार काठमाडौँसहित देशका विभिन्न भूभागमा बादल लागेर मौसम चिसो बनेको छ ।भारतको छत्तिसगढ माथि विकास भएको बादल नेपाल प्रवेश गरेको र पश्चिमी वायुका कारण चिसो बढेको मौसमविद् गंगा नगरकोटीले बताइन् । भारतको छत्तिसगढ राज्य आसपास न्यून चापीय प्रणाली छ त्यसको आंशिक प्रभावले गर्दा बादल लागिरहेको छ । बादल लागिरहेको बेला घाम लाग्ने कुरा हुँदैन त्यसले गर्दा चिसो भएको  उनले बताइन् । देशको कर्णाली र सुदूरपश्चिमबाहेक देशका अरू भागमा चिसो बढेको उनले जानकारी दिइन । नगरकोटीले आजमात्र चिसो रहेको र भोलीदेखि भने घाम लाग्ने बताइन । उनले भनिन–‘बिहानतिर चिसो हुस्सु लाग्न सक्छ  तर दिउँसो हटेर घाम लाग्ने सम्भावना छ । हिजो अस्तिदेखि नै पातलो बादल लागिरहेकोले र आज सो भन्दा बाक्लो बादल लागेकोले चिसो बढेको हो ।’

नेपाली आकाशमा लागेको बादल यही विकास भएको नभई भारतको छत्तिसगढबाट आएको उनले बताइन् । कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशका केही भूभागमा छिटपुट वर्षा हुन सक्ने भएपनि अन्य क्षेत्रमा भने वर्षा नहुने बताइन ।

कोशीको हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन् । भोलि र पर्सी रातिको समयमा बादल नलाग्ने भएकोले तापक्रम घट्ने उनले बताइन् । शुक्रबार कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सफा रहने विभागको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार