मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

रवि र बालेनबीच भेटवार्ता,राजनीतिक समीकरण उथलपुथल हुने संकेत

देश प्रदेश डेस्क 5303+ समाचार ( )
८ पौष २०८२, मङ्गलबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । काठमाडौँको कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको निवासमा हिजो राती भेटवार्ता भएको हो ।

हिजो सोमबार साँझ ८ बजे सुरु भएको वार्ता मंगलबार बिहान १ बजेसम्म अर्थात् लगभग ५ घण्टा चलेको थियो । बैठकमा रास्वपाका सभापति लामिछानेसहित उपसभापति डिपी अर्याल सहभागी थिए भने बालेन शाहसहित उनका सल्लाहकार कुमार बेन सहभागी थिए ।

स्रोतका अनुसार भेटमा मुलुकको राजनीतिक अवस्था र भावी योजनाको विषयमा छलफल भएको बताइएको छ । उक्त भेटवार्तामा दुई पक्षबीच आगामी निर्वाचनहरूमा हुनसक्ने सम्भावित चुनावी तालमेल र दीर्घकालीन राजनीतिक सहकार्यका विषयमा गम्भीर विचार-विमर्श भएको छ ।

पछिल्लो समय बालेनको समूह र रास्वपाबीच मिलेर राजनीति गर्नेबारे छलफलहरू भइरहेका थिए । रास्वपाका केन्द्रीय सदस्य आशिफ साहले पार्टी सभापति लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेनको भेटलाई कथाको सुखद् सुरूआतको संज्ञा दिएका छन्।

लामो संवादपछि सभापति लामिछाने र मेयर शाह एउटै गाडीमा चढेर त्यहाँबाट बाहिरिएका थिए । संवादलाई सकारात्मक रूपमा अघि बढाउने र आगामी दिनमा पनि निरन्तर छलफल गर्ने दुई पक्षबीच सहमति भएको बुझिएको छ ।

रविले जेलबाट निस्केलगत्तै राजनीतिक गतिविधि तीव्र पारेका छन् । उनले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरेका थिए । यता हिजै दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि भेटवार्ता भएको थियो ।

पछिल्लो समय सत्ता समीकरण र आगामी चुनावी रणनीतिको चर्चा चलिरहँदा वैकल्पिक शक्तिका रूपमा हेरिएका यी दुई नेतृत्वको भेटलाई निकै अर्थपूर्ण मानिएको छ । रवि र बालेनबीचको यो भेटवार्ताले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरिदिएको छ ।हालै रास्वपाका एक शीर्ष नेताले बालेनलाई भावी प्रधानमन्त्री बनाएर जान सकिने भन्दै अन्तर्वार्ता दिएका छन् । यसरी रवि र बालेनबीच भेटवार्तालाई लिएर भावी देशको राजनीतिक समीकरण उथलपुथल हुने संकेत देखिएको छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार