मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

एमाले नेताहरू सहित ६८ यात्रुलाई बुद्ध एअरले अर्कै जहाजमा पठायो जनकपुर

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१३ भाद्र २०८०, बुधवार

झापा बुद्ध एअरले जनकपुर अवतरण हुन नसकी काठमाडौं फर्किएको जहाजका यात्रुहरूलाई अर्को जहाजमा पठाएको छ।

जनकपुरबाट फिर्ता आएका यात्रुहरूलाई अर्कै जहाजको व्यवस्था गरी फेरि जनकपुर उडाइएको बुद्ध एअरका सूचना अधिकृत दिपेन्द्र कर्णले सेतोपाटीलाई जानकारी दिए।

उनका अनुसार जहाजमा ६८ यात्रु थिए। ‘उनीहरू सबैलाई अर्को जहाजबाट जनकपुर पठाइएको छ,’ कर्णले भने।

सिराहा सचिवालय बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरासहितका नेताहरू सोही जहाजमार्फत् जनकपुर जाँदै थिए।

जहाज २३ मिनेट उडेपछि प्राविधिक समस्या भन्दै फेरि काठमाडौं फर्किएको उपाध्यक्ष नेम्वाङले बताए।

बुद्ध एअरले पनि प्राविधिक समस्याका कारण काठमाडौं फर्किएको जानकारी गराउँदै काठमाडौंमा सो जहाजको चेकजाँच भइरहेको बताएको छ।

‘काठमाडौंबाट जनकपुर उडान नं. ५०१ जहाज ९एन–एजेशून्य कलसाइ भएको जहाजमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको छ।  सो जहाजलाई हाम्रो टेक्निकल टिमले चेकजाँच गरिहेका छन्। यसबाट यात्रुवर्गमा पर्नगएको असुविधाप्रति क्षमाप्रार्थी छौं,’ बुद्ध एयरले सूचनामार्फत् भनेको छ।

एमालेले चौथो महाधिवेशन सुरु भएकै दिन अर्थात् भदौ ९ गते नै बैठकको तयारी गरेको थियो। चुरे नजिकैको त्यस क्षेत्र डुबानको चपेटमा परेकाले बैठक स्थगित गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार