मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल

भेषराज नेपाल 128+ समाचार ( )
२० जेठ २०८३, बुधवार

झापा / त्रिभुवन विश्वविद्यालय अन्तर्गत अध्ययन बिदाको दुरुपयोग गर्ने ४१ जना प्राध्यापकले १० करोड रुपैयाँभन्दा बढी रकम विश्वविद्यालयलाई फिर्ता गरेका छन्। अध्ययन बिदा लिएर तोकिएको अवधि पूरा भएपछि विश्वविद्यालयमा सेवा नगरेका वा विदेशमै बसेका प्राध्यापकहरूबाट उक्त रकम असुल गरिएको हो।

त्रिविले गठन गरेको छानबिन समितिले अध्ययन बिदा दुरुपयोगका सयौं घटनाहरू फेला पारेपछि रकम फिर्ता गराउने प्रक्रिया तीव्र बनाएको थियो। समितिको प्रारम्भिक अध्ययनअनुसार करिब ३९८ जना शिक्षक तथा कर्मचारीले अध्ययन बिदाको दुरुपयोग गरेको भेटिएको छ, जसका कारण विश्वविद्यालयलाई झण्डै २ अर्ब रुपैयाँ बराबरको आर्थिक तथा प्राज्ञिक क्षति पुगेको अनुमान गरिएको छ।

विश्वविद्यायलका अनुसार हालसम्म ४१ जना प्राध्यापकले रकम फिर्ता गरिसकेका छन् । यसबाट १० करोड ४६ लाख ५६ हजार ८०४ रकम विश्वविद्यालयको पेन्सन कोषमा दाखिला भएको छ । अध्ययन बिदामा रहेका १९१ प्राध्यापकमध्ये ४१ जनाले रकम फिर्ता गरेको छानबिन समितिका संयोजक डा. जीवन काफ्लेले जानकारी दिए । उनका अनुसार ६२ जनाले रकम फिर्ताका लागि समितिसमक्ष निवेदन दिएका छन् । यीमध्ये ५४ जनालाई समितिले पत्र काटेको छ । 

त्रिविको नियमअनुसार अध्ययन बिदामा गएका शिक्षकले अध्ययन पूरा गरेपछि निश्चित अवधि विश्वविद्यालयमा सेवा गर्नुपर्ने हुन्छ। सेवा नगरेमा बिदा अवधिमा लिएको तलब–भत्ता ब्याजसहित फिर्ता गर्नुपर्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार हालसम्म ४१ प्राध्यापकबाट १० करोडभन्दा बढी रकम फिर्ता भएको जनाइएको छ।

त्रिवि कार्यकारी परिषद्ले २०८१ पुस २५ गते छानबिन समिति बनाएको थियो । छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नफर्किएका १९१ जना र बिदा लिएर अध्ययन पूरा नगर्नेमा २०७ जना गरी ३९८ प्राध्यापक छन् । विश्वविद्यालयले अझै पनि अध्ययन बिदा लिएर नफर्किएका अन्य प्राध्यापकहरूको खोजी तथा रकम असुली प्रक्रिया जारी राखेको जनाएको छ। रकम नबुझाउनेहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने चेतावनी समेत त्रिविले दिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार