मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

गौरादहमा चट्याङ परेर घरमा आगलागी, अढाई लाखको क्षति

देश प्रदेश डेस्क 5474+ समाचार ( )
७ चैत्र २०८२, शनिबार

झापा / झापाको गौरादहमा हावाहुरीसँगै  परेकाे चट्याङले एउटा  घर पुर्णरुपमा जलेकाे छ ।  

गएराति ११;३० बजे गौरादह ६ धोपा टोल बस्ने ५० वर्षीय अजयकुमार झाको टिनको छानो ,बाँसले बारेको एकतले भान्साघर र संगै जोडिएको ग्वालीमा बर्षा र हावाहुरीसहित परेको चट्याङले आगलागी भएको हो । आगलागीबाट भान्साघर र ग्वाली जलेर पूर्णरुपमा नष्ट भएको छ ।

भान्सा घरभित्र रहेको ग्यास सिलिण्डर,८० के.जी. चामल,साइकल,बिद्युत मिटर,वाईफाई राउटर,भाडावर्तन,अन्नपात,फर्निचर र ग्वालीभित्र रहेको ६ वटा बाख्रा गरी अन्दाजी २ लाख ५० हजार मूल्य बराबरको धनमाल क्षति भएको छ ।

प्रहरी चौकी कोहबराबाट खटिएको टोली ,गौरादह नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा राति १० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै