मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

वीरगञ्ज नाकाबाट एक वर्षमा एक हजार ९६३ विदेशी पर्यटक भित्रिए

देश प्रदेश डेस्क 5474+ समाचार ( )
५ पौष २०८०, बिहीबार

झापा पर्साको वीरगञ्ज भन्सार नाकाबाट एक वर्षको अवधिमा एक हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

वीरगञ्जस्थित पर्यटक प्रहरी कार्यालयका अनुसार गत २०७९ पुस १ गतेदेखि २०८० मङ्सिर ३० गतेसम्म सो नाकाबाट एक हजार नौ सय ६३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने एक हजार नौ सय ६२ विदेशी पर्यटक बाहिरिएका छन् ।

अघिल्लो वर्ष सोही अवधिमा वीरगञ्ज नाकाबाट छ सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएको पाँच सय पाँच विदेशी पर्यटक बाहिरिएका थिए । नेपालको हावापानी र घुमफिर गर्ने मौसमको दृष्टिकोण उपयुक्त मानिएको असोज, कात्तिक, मङ्सिर र पुस महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या अन्य महिनाको तुलनामा बढी रहेको पर्यटन प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक अनिलकुमार महतोले जानकारी दिए ।

नेपालमा पर्यटकीय आकर्षणका क्षेत्र बढ्दै गएको, हावापानी उपयुक्त भएको र कोरोना सङ्क्रमण न्यून भइसकेकोलगायत कारणले वीरगञ्ज नाकाबाट पर्यटक भित्रिने क्रम बढेको उनको भनाइ थियो । भारतको विभिन्न हुँदै वीरगञ्ज नाकाबाट नेपाल भित्रिने पर्यटकमा बढी अमेरिका, फ्रान्स, थाइल्याण्ड, जर्मनी, युएसए र क्यानडाका पर्यटक रहेको प्रहरी नायब निरीक्षक महतोले बताए ।

वीरगञ्ज नाकाबाट भित्रिने विदेशी पर्यटकलाई होटल, यातायात तथा अन्य क्षेत्रमा असुविधा वा ठगी हुन नदिन सचेत गराउनाका साथै दुर्घटनामा परी घाइते भएका विदेशी पर्यटकलाई उपचार गराई परिवारको जिम्मा लगाउने कार्यसमेत पर्यटक प्रहरी कार्यालयले गर्दै आएको उनको भनाइ थियो । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार