मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

भद्रपुरकाे मातातीर्थ तथा बिष्णुपादुका मन्दिरमा सप्ताह ज्ञान महायज्ञ हुने

देश प्रदेश डेस्क 5474+ समाचार ( )
११ चैत्र २०८२, बुधवार

झापा / भद्रपुर नगरपालिका–३ कीचक वध स्थित मातातीर्थ तथा बिष्णुपादुका मन्दिर परिसरमा आगामी बैशाख महिनामा सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त मन्दिर क्षेत्रमा आयोजना गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेन मार्फत आयोजकले जानकारी दिएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेम प्रसाद खनाल खनालको अध्यक्षतामा भएको कार्यक्रको सहजिकरण पत्रकार उत्तम नेपालले गरेका थिए ।

आयोजक समितिका अनुसार बैशाख ६ गते महायज्ञको विधिवत् उद्घाटन गरिनेछ भने बैशाख ७ गतेदेखि १३ गते सम्म नियमित रूपमा सप्ताहव्यापी ज्ञान महायज्ञ सञ्चालन हुनेछ। महायज्ञ अवधिभर दैनिक रूपमा पूजा पाठ, कथा प्रवचन, भजन–कीर्तन तथा विभिन्न धार्मिक तथा सास्कृतिक झाँकीहरु पर्दशन जस्ता कार्यक्रमहरू सञ्चालन गरिने तय गरिएको छ।

यस महायज्ञमा  पण्डित श्री पदम पौड्याल ज्युको मुखारबिन्दबाट श्रीमद्भागवतको मूलपाठ पारायण तथा पण्डित श्री उदय खनाल शास्त्री ज्युद्वारा भागवत कथा वाचन तथा आध्यात्मिक प्रवचन प्रस्तुत गरिने कार्यक्रम रहेको छ।  

कीचक वध क्षेत्र ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। पौराणिक कथाअनुसार महाभारतकालीन पात्र भीमले कीचक नामक दुष्ट पात्रको वध गरेको स्थलका रूपमा यस क्षेत्रलाई चिनिन्छ। सोही कारण यहाँको धार्मिक महत्व अझ बढेको विश्वास गरिन्छ।

कीचक वध क्षेत्रमै रहेको यो मन्दिर विषेशत पितृ उद्दारका लागि निर्माण गरिएको हो । भद्रपुर क्षेत्रमा कुनैपनि मन्दिर यस्तो किसिमको नभएको र यो अपरिहार्य भएकाले यो मन्दिर स्थापना गरिएको अध्यक्ष खनाले जानकारी दिए । उनका अनुसार हालसम्म कुनैपनि सरकारी तथा गैरसरकारी संस्थाबाट कुनै किसिमको पनि सहयोग प्राप्त नभएका कारण श्रद्दालु भक्तजनहरुको साथ सहयोगबाट जेनतेन चलिरहेको उनकाे भनाइ छ ।

महायज्ञमार्फत संकलित रकम निर्माणाधिन भवन पूर्ण गर्न र अक्षयकोष स्थापनाका लागि यो महायज्ञ लगाउने तयरी गरेको समितिले जानकारी दिएको छ ।

महायज्ञमा देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरूको सहभागिता रहने भएकाले स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने आयोजकले विश्वास लिएको छ।

आयोजक समितिले सम्पूर्ण भक्तजन, धर्मप्रेमी तथा स्थानीयबासीलाई महायज्ञमा उपस्थित भई तन मन वचन र धनले सहयोग गरि धार्मिक पुण्य आर्जन गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार