मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २८ जना पक्राउ

देश प्रदेश डेस्क 5423+ समाचार ( )
२७ कार्तिक २०८०, सोमबार

झापा लमजुङ, मध्यनेपाल नगरपालिका-६ मिलनटोल बस्ने लक्ष्मण कुँवरको घरमा जुवातास खेलिरहेको अवस्थामा कुँवरसमेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार ६ सय ८५ रूपैयाँ १ बुक ताससहित पक्राउ गरेको हो । 

चितवन, भरतपुर महानगरपालिका-१८ शसिनगरस्थित बिमल पराजुलीको गोठमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ बस्ने ४६ वर्षीय प्रकाश विष्ट समेत ११ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फुलबारी, ईलाका प्रहरी कार्यालय चनौली र अस्थायी प्रहरी चौकी शारदानगरबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई नगद ३७ हजार ६ सय २५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो । 

पर्सा, बहुदरमाई गाउँपालिका-४ बहुअरीस्थित बाँसघारीबाट कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय जोलेन्द्र प्रसाद यादव समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डकैलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १४ हजार ८ सय ५ रूपैयाँ र कैडा १ थानसहित पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ कहरे खोला बस्ने ३१ वर्षीय टंक प्रसाद पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेलसमेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ८ सय २० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार