मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

झापा र मोरङबाट लागूऔषधसहित चार पक्राउ

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२७ आषाढ २०८१, बिहीबार

झापा झापा र मोरङबाट लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति साढे ९ बजे इलामको महमाई नगरपालिका–१ घर भई हाल झापाको दमक नगरपालिका–१ फाल्गुनन्द चौकमा डेरा गरी बस्दै आएका २५ बर्षीय सन्तोषकुमार एक्तेन लिम्बूले लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले खानतलासी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । त्यसक्रममा लिम्बूको कोठाबाट ४ ग्राम ब्राउनसुगर बरामद भएको थियो । लिम्बूसंगै लागूऔषध बेचबिखनमा संलग्न उनकी श्रीमती २४ बर्षीया सनिता राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ ।

त्यस्तै हिजो दिउँसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ मा भारत बिहारका २२ बर्षीय आलिम आलमलाई २ ग्राम १०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

त्यस्तै हिजो नै दिउँसो साढे ३ बजे मोरङको बिराटनगर–१५ बाट मोरङ बेलबारी नगरपालिकाका ३१ बर्षीय अमृत बिश्वकर्मालाई एभिल, डाइजेपाम, लुपिजेसिक र फेनारगन गरि २० एम्पुलसहित लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार