मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

महिलाहरुले सर्दीमा खानै पर्छ तिल ,यि छन् फाइदा

देश प्रदेश डेस्क 5218+ समाचार ( )
२३ पौष २०८०, सोमबार

झापा तिल स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । कयौँ प्रकारका पोषक तत्त्व पाइने तिललाई सुपर फुड पनि मानिन्छ । नेपालमा तिललाई अचारमा छोपका रुपमा बढी प्रयोग गरिन्छ । जाडोयाममा विशेषगरी माघे संक्रान्तिमा यसको लड्डु बनाएर खाइन्छ । यसलाई सलाद वा स्मुदीमा छर्किएर पनि खान सकिन्छ । तिलमा क्याल्सियम, आइरन, पोटाशियम, प्रोटिन, भिटामिन ए, सी र सोडियम पाइन्छ । तिल विशेषगरी महिलाहरुले खानै पर्ने बताइन्छ । आजको यस लेखमा हामीहरु तिल खाँदाका फाइदाहरुबारे कुराकानी गर्नेछौं ।तिलमा भरपुर मात्रामा क्याल्सियम हुन्छ । अझ सेतो तिल त क्याल्सियमको भन्डार नै हो । यसको सेवन गर्दा हाडसम्बन्धी सबै समस्याहरु हटेर जान्छ । यसले हाडलाई बलियो पनि बनाउँछ । यसको सेवनले शरीरको थकावट र कमजोरी पनि भाग्छ ।

महिनावारिमा अनियमितता कम हुन्छ

धेरैजसो महिलाहरुमा महिनावारिमा अनियमितताको समस्या हुन्छ । यसको मुख्य कारण खराब लाइफस्टाइल पनि हो । तिलमा फ्याटी एसिड हुन्छ । यसले महिनावारीलाई नियमित बनाउँछ ।

हर्मोन असन्तुलनमा सुधार

तिलमा भिटामिन सी पाइन्छ । यसले शरीरमा एस्ट्रोजन हर्मोनको लेभल बढाउँछ । तिलमा कयौँ खालका एन्टिअक्सिडेन्ट र एन्टिब्याक्टेरियल गुण पाइन्छ । यसबाट हर्मोन असन्तुलनको समस्यालाई ठिक गर्न सकिन्छ ।

छालाको लागि

तिल छालाको स्वास्थ्यको लागि पनि निकै फाइदाजनक छ । यसको मद्दतले छालाले जरुरी पोषण पाउँछ । छालाको चिल्लोपना पनि कायम रहन्छ । दिनहुँ तिलको सेवनले छालामा बुढ्यौली पनि कम गर्छ ।

एनर्जी बढाउँछ

महिलाहरु दिनभर कुनै न कुनै काम गरिरहेका हुन्छन् । जसका कारण उनीहरुको शरीरमा एनर्जी कम हुन थाल्छ । यस्तोमा दिनहुँ रुपमा तिलको सेवन गर्दा शरीरमा एनर्जी कायम रहन्छ । तिलमा ओमेगा–३ पाइन्छ ।

तौल घटाउन खोज्नेहरुका लागि तिल गोप्य हतियार पनि हो । यसमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । यसको सेवनले ब्याड कोलेस्ट्रेरोल कम हुन्छ । यसले पाचन प्रणालीलाई सुधार्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार