मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

गाउँको बेसार कोशीका मुख्य बजारमा पुर्याउँदै हरिद्वार कृषि सहकारी

देश प्रदेश डेस्क 5303+ समाचार ( )
१९ भाद्र २०८०, मङ्गलबार

झापा सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित हरिद्वार कृषि सहकारी संस्थाले गाउँमा उत्पादित बेसारलाई कोशी प्रदेशका मुख्य बजारहरूमा पुर्याउन सुरु गरेको छ । वराहक्षेत्र–१ का चावाचा, वागदलबारी, अर्चले, सूर्यकुण्ड, धापा, बान्द्रे लगायतका गाउँमा किसानले उत्पादन गरेको बेसार प्रशोधन र प्याकेजिङ गरेर मुख्य बजारमा पठाउन थालेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुनसरीको अनुदान सहयोगमा केही महिनाअघि बेसार तथा मसला उद्योग खोलेको सहकारीले बेसारलाई ब्रान्डिङ गरी ‘बराह बेसार’ नाममा २ सय र ५० ग्रामका प्याकेट बजारमा पठाउन थालेको सहकारीका अध्यक्ष लोकबहादुर दाहालले जानकारी दिए । उनले वराहक्षेत्रको पहाडी भेगमा उत्पादन भएको बेसार प्याकेजिङ गरेर कोशी प्रदेशका मुख्य बजारहरूमा पठाउँदा राम्रो प्रतिक्रिया पाएको बताए । उनका अनुसार वराहक्षेत्र–१ को बेसार देशमै उत्कृष्टमध्ये पर्छ । उनी भन्छन्, ‘हामीले किसानलाई पनि सहयोग पुग्ने र बजारमा पनि गुणस्तरीय बेसार पु¥याउने लक्ष्यका साथ काम गरेका छौँ ।’

हाल बजारमा बेसारलगायत धेरैजसो मसलाजन्य सामग्री भारतीय बजारबाट आउने गरेको छ । भारतीय बजारसँग प्रतिस्पर्धा गर्नका लागि  ‘टर्मरिक पोलिसिङ मेसिन’ आवश्यक रहेको उद्योगका सञ्चालकसमेत रहेका कृष्ण भण्डारी बताउँछन् । नेपालका अधिकांश मसला उद्योगमा भारतीय बेसार प्रयोग भइरहेको अवस्थामा नेपालमै पहिलोपटक बेसार पोलिसिङ मेसिन ल्याउन स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग माग गरिने उनले बताए । सहकारीको बैठकले भारतीय बेसारसँग प्रतिस्पर्धा गर्नका लागि टर्मरिक पोलिसिङ मेसिन खरिद गर्न वराहक्षेत्र नगरपालिकासँग १० लाख अनुदान माग गर्ने निर्णयसमेत गरेको छ ।

स्थानीय किसानलाई आफ्नो उत्पादन बिक्री गर्न र युवालाई रोजगारी सिर्जना गर्न पनि उद्योगले सहयोग गर्ने अध्यक्ष दाहालले बताए । उनले भने, ‘यस्तो महत्वपूर्ण काममा तीनै तहका सरकारको सहयोग प्राप्त हुन्छ भन्ने विश्वास छ ।’

सहकारीले आफ्ना सदस्यहरूका लागि कुटानी पिसानी मिल पनि सञ्चालनमा ल्याएको छ । मिलमा धान, मकैलगायतका अनाज कुटानी पिसानी गर्दा सहकारीका सदस्यले ३० प्रतिशत छुट सुविधा पाउने बताइएको छ । योसँगै उद्योगले जिरा, धनियाँ, अकबरे खोर्सानीको धुलो पनि बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार