मुख्य समाचार
१० प्रतिशत शय्या नीति : झनै चर्कियो सरकार र निजी क्षेत्रको टकराव | झापामा ट्याक्टर र माेटरसाइकल ठाेकिँदा माेटरसाइकलमा सवार तीनमध्ये बाबु छाेरीकाे मृत्यु | बिर्तामाेडमा श्रीमतीलाइ फलामको रडले घोचेर घाईते बनाई घरको ३ तला माथिबाट हाम फाल्दा श्रीमानकाे मृत्यु | सरकारी माेटरसाइकल प्रयाेग गरी लागूऔषध ल्याउने दुई जना पक्राउ | चट्याङसहित आज पूर्वी तराईमा वर्षा | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्याे | संसदीय बहसबाट बालेनको दूरी: सामर्थ्यको अभाव कि परम्परागत कार्यशैलीविरुद्धको विद्रोह? | बिर्तामोड देखि नक्कली नेपाली नागरिकता सहित एक युवक पक्राउ | झापामा चारजनाको सवारी लाइसेन्स ‘खारेज’ | झापामा पानीमा डुबेर दुईजनाको मृत्यु |
मुख्य समाचार
१० प्रतिशत शय्या नीति : झनै चर्कियो सरकार र निजी क्षेत्रको टकराव | झापामा ट्याक्टर र माेटरसाइकल ठाेकिँदा माेटरसाइकलमा सवार तीनमध्ये बाबु छाेरीकाे मृत्यु | बिर्तामाेडमा श्रीमतीलाइ फलामको रडले घोचेर घाईते बनाई घरको ३ तला माथिबाट हाम फाल्दा श्रीमानकाे मृत्यु | सरकारी माेटरसाइकल प्रयाेग गरी लागूऔषध ल्याउने दुई जना पक्राउ | चट्याङसहित आज पूर्वी तराईमा वर्षा | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्याे | संसदीय बहसबाट बालेनको दूरी: सामर्थ्यको अभाव कि परम्परागत कार्यशैलीविरुद्धको विद्रोह? | बिर्तामोड देखि नक्कली नेपाली नागरिकता सहित एक युवक पक्राउ | झापामा चारजनाको सवारी लाइसेन्स ‘खारेज’ | झापामा पानीमा डुबेर दुईजनाको मृत्यु |


१० प्रतिशत शय्या नीति : झनै चर्कियो सरकार र निजी क्षेत्रको टकराव

देश प्रदेश डेस्क 5210+ समाचार ( )
५ आषाढ २०८३, शुक्रबार

झापा / सरकारले लोकप्रिय नाराका साथ कार्यान्वयनमा ल्याएको 'लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि २०८३' ले कुल स्वीकृत शय्याको १० प्रतिशत अनिवार्य निःशुल्क गर्नुपर्ने नीतिले स्वास्थ्य क्षेत्रमा गम्भीर संकट निम्त्याएको छ।

विपन्न, असहाय र बेवारिसे बिरामीलाई शय्यासहित चिकित्सक परामर्श, शल्यक्रिया, प्रयोगशाला परीक्षण र औषधिसमेत पूर्ण रूपमा निःशुल्क गराउने मन्त्रालयको यो नीति व्यावहारिक गृहकार्य र ठोस व्यवस्थापन बिना ल्याइएकाले अहिले प्रत्युत्पादक बनेको छ। स्वास्थ्य क्षेत्रको ७० प्रतिशतभन्दा बढी भार धान्दै आएको निजी क्षेत्रलाई कुनै पनि प्रकारको शोधभर्ना, अनुदान वा कर छुट नदिई सम्पूर्ण आर्थिक दायित्व जबरजस्ती थुपारिएपछि सरकार र अस्पताल सञ्चालकहरूबीचको टकराव चरम बिन्दुमा पुगेको छ। नेपालका निजी अस्पतालहरूको छाता सङ्गठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले यो अव्यावहारिक नीति तत्काल नसच्याए अस्पताल नै बन्द गरेर हिँड्ने कडा चेतावनी दिएको छ।

अफिनका अध्यक्ष डा. पदमबहादुर खड्काले सरकारले निजी क्षेत्रसँग कुनै परामर्श नगरी ल्याएको नयाँ कार्यविधि व्यावहारिक नभएको भन्दै कार्यान्वयन सम्भव नभएको तर्क गरे ।

उनका अनुसार सरकारले निजी अस्पतालहरूलाई सरकारी अस्पताल सरह सेवा दिनुपर्ने अपेक्षा राखेको छ । तर त्यसका लागि आवश्यक स्रोत, साधन र वित्तीय व्यवस्था सुनिश्चित गरेको छैन ।

‘सरकार आफैंले ९८ वटा औषधि मात्र नि:शुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । तर निजी अस्पताललाई भने संसारमा उत्पादन भएका सबै औषधि, उपकरण र उपचार सेवा उपलब्ध गराउनुपर्ने दायित्व थोपर्न खोजिएको छ,’ डा. खड्का भन्छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जारी गरेको नयाँ नियम अनुसार पालना नगर्ने अस्पतालको दर्ता नै खारेज गर्नेसम्मको कडा प्रावधान राखिएको छ। सरकारी तथ्याङ्क अनुसार मन्त्रालयको फ्री हेल्थ पोर्टलमा देशभरका अस्पतालमा कुल २३,४५६ बेडमध्ये २,३५६ बेड लक्षित वर्गका लागि सुरक्षित गरिएको छ। अचम्मको कुरा त के छ भने, यो पोर्टलमा हालसम्म करिब ३५४ जना बिरामीले मात्र सेवा लिइरहेका छन् र दुई हजारभन्दा बढी बेड खाली देखिन्छन्। यसरी तथ्याङ्कले हजारौँ बेड खाली देखाए पनि गाउँ-गाउँका वास्तविक सोझा र विपन्न नागरिकहरू झन्झटिलो कानुनी प्रक्रिया, पालिकाको सिफारिस र आवश्यक कागजात जुटाउन नसकेर उपचार पाउनबाट वञ्चित भइरहेका छन्। राजनीतिक पहुँच भएका टाठाबाठाहरूले सेटिङका आधारमा यो निःशुल्क सेवाको व्यापक दुरुपयोग गरिरहेको गुनासो बढेको छ। 
यो नीतिले एकातिर अस्पतालहरूलाई चरम आर्थिक संकटतर्फ धकेलेको छ भने अर्कोतिर यसको सिधा पराकम्प आम करदाता र मध्यमवर्गीय नागरिकमाथि परेको छ। अस्पतालहरूले १० प्रतिशत निःशुल्क बेडबाट भएको ठूलो घाटा पूर्ति गर्न बाँकी ९० प्रतिशत सशुल्क बेडमा आउने बिरामीको सेवा शुल्क, शल्यक्रिया, बेड चार्ज र प्रयोगशाला परीक्षण शुल्क अत्यधिक बढाएका छन्। यसले गर्दा मध्यमवर्गीय परिवारका लागि निजी अस्पतालमा उपचार गराउनु आकाशको फल जस्तै भएको छ। आर्थिक संकट गहिरिँदै गएपछि अस्पतालहरूले आफ्ना प्रविधिहरू अपग्रेड गर्न, नयाँ उपकरणहरू भित्र्याउन र दक्ष स्वास्थ्यकर्मीहरूलाई उचित पारिश्रमिक दिन कटौती गर्न थालेका छन्, जसले नेपालको समग्र स्वास्थ्य उपचारको गुणस्तरलाई नै दिनानुदिन खस्काउँदै लगेको छ।
नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने हक मौलिक हकका रूपमा ग्यारेन्टी गरेको छ। तर राज्यले आफ्ना सरकारी अस्पतालहरूको कन्तबिजोग सुधार्नु र वीर अस्पताल जस्ता ठूला केन्द्रहरूमा रहेका सेवालाई चुस्त बनाउनुको साटो आफ्नो संवैधानिक दायित्व निजी क्षेत्रमाथि जबरजस्ती लाद्ने काम गरेको छ। निजी क्षेत्र पूर्ण रूपमा धराशायी भएमा सरकारी अस्पतालहरूले बिरामीको यो विशाल चाप धान्न सक्ने अवस्था कतै देखिँदैन। स्वास्थ्य प्रणालीलाई ठूलो दुर्घटनाबाट जोगाउन सरकारले तत्काल यो एकपक्षीय नीति परिमार्जन गरी निःशुल्क उपचारको खर्च स्वास्थ्य बीमा बोर्डमार्फत शोधभर्ना गर्ने वा अस्पतालहरूलाई विशेष राहत प्याकेज दिने व्यवस्था मिलाउनु अपरिहार्य भइसकेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै