मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

झर्नामा फोटो खिच्दा एक युवकको मृत्यु, तीन घाइते

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२२ जेठ २०८१, मङ्गलबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा पाँचथरको फालेलुङ गाउँपालिका ६ मा अवस्थित मुवा झर्ना घुम्न गएका एक युवकको लडेर ज्यान गएको छ ।

झर्नाको सौन्दर्यमा फोटो खिच्ने क्रममा लडेर सख्त घाइते भएका फिदिम २ का १८ वर्षीय एल्सन मगरको उपचारका लागि झापा ल्याउने क्रममा मृत्यु भएको हो ।

साथीहरूसँग झर्ना घुम्न गएका उनीहरू फोटो खिच्ने क्रममा चिप्लेर लडेका थिए । गम्भीर घाइते भएका एल्सनलाई तत्काल पाँचथर अस्पताल ल्याइए पनि उपचार सम्भव नभएपछि झापातर्फ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उनीसँगै चिप्लेर लड्दा फिदिम ११ का २० वर्षीय सुदीप आङ्बो, फिदिम २ का राजन फागो र फिदिम ११ कै विशाल विश्वकर्मा घाइते भएका छन् । उनीहरूको पाँचथर अस्पतालमा उपचार भइरहेको पाँचथरका प्रहरी प्रमुख डिएसपी हेमन्तबहादुर भण्डारीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार