मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

हेटौँडामा दुई चिकित्सकमाथि हातपात

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२७ भाद्र २०८०, बुधवार

झापा हेटौँडामा दुई चिकित्सकहरूमाथि हातपात भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सन्चो अस्पतालमा उनीहरूमाथि हातपात भएको हो ।

हेटौँडा अस्पतालमा कार्यरत एनएस्थेसिया विभागका डा. प्रशान्त बिडारी र सन्चो अस्पतालमा कार्यरत विकास थापा माथि हातपात भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सन्चो अस्पतालमा बिरामी हेरेर फर्कने क्रममा केही युवाहरूले उनीहरू माथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार गत साउन २५ मा डेंगुबाट मृत्यु भएका राजेश प्रधानका आफन्तले बुधबार अस्पतालमा पुगेर चिकित्सक माथि अचानक हातपात गरेका हुन् । हातपातबाट डा. बीडारीको आँखा र अनुहारमा चोट लागेको छ भने डा. थापाको गाला र अनुहार सुनिएको छ ।

उपचारमा लापरबाही गरेको भन्दै घटनाको एक महिना पछि मृतकका आफन्तले चिकित्सक माथि हातपात गरेका हुन् । हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको डेंगुको कारण मृत्यु भएको थियो । मृत्यु हुनुभन्दा ३ दिन अघि प्रधानलाई हेटौँडास्थित सन्चो अस्पतालमा ल्याएको थियो ।

डेंगु सङ्क्रमणपछि घरमै आराम गर्ने गएका प्रधानको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि भरतपुर लगिएको थियो । प्रधानको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको थियो । प्रधानलाई दोस्रो पटक डेंगु सङ्क्रमण पुष्टि भएको थियो भने उनलाई मधुमेह र उच्च रक्तचापको समस्या पनि रहेको थियो ।

प्रवक्ता भण्डारीका अनुसार घटना लगत्तै दुई पक्षलाई राखेर छलफल गराइएको र दुवै पक्ष कानुनी प्रक्रिया अनुसार अघि बढ्ने भएपछि डा. बिडारी र डा. थापाले जाहेरी दिने तयारी गरेका छन् । जाहेरी परेपछि थप प्रक्रिया अघि बढाउने उनले बताए ।

यता हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाका अनुसार घटनाबारे अनुसन्धानसहित दोषी माथि कारबाहीको माग गर्दै प्रहरी समक्ष जाहेरी दर्ता गर्ने तयारी भइरहेको छ । घटनास्थलको प्रमाणका आधारमा चिकित्सक माथि हातपात गर्ने सबैलाई पक्राउ गरी कारबाही गर्ने गरी उजुरी दर्ता गरिने उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार