मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

ओली सहभागी कार्यक्रममै पालना भएन एमालेको अपानि

देश प्रदेश डेस्क 5360+ समाचार ( )
१० भाद्र २०८०, आइतबार

झापा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन–८ जारी गरेर पार्टी कार्यक्रम सञ्चालनबारे नयाँ शैली अपनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । सचिवालयको २८औं र २९औं बैठकले गरेको निर्णय समेटेर १ भदौमा अध्यक्ष ओलीले कार्यक्रम सञ्चालन शैलीबारे अपानि जारी गरेका थिए ।

तर एक साताभित्रै स्वयम् अध्यक्ष ओली सहभागी कार्यक्रमहरुमा अपानिको पूर्ण पालना हुन सकेन । ७ भदौमा पार्टी निकट भुतपूर्व सैनिक तथा प्रहरी संगठनले भक्तपुरमा एक कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा बक्ता बाहेकले मञ्च प्रयोग गरेनन् ।

अतिथिहरुको लम्बेतान आसनग्रहण गराउने प्रचलन समेत तोडेर अपानिअनुसार, कार्यक्रम सञ्चालनको प्रयास भयो । तर ब्याजको प्रयोगबारे व्यवस्था पालना भएन ।

अरु नेताहरुले ब्याज प्रयोग नगरेपनि स्वयम् ओलीले भने ब्याज लगाएर बसे । कतिपय कुर्सी व्यवस्थापनलाई लिएर समेत टिप्पणी गरेका थिए । किनकि ओलीसहित अतिथिहरुलाई आरामदायी सोफाको व्यवस्था थियो भने सहभागी सामान्य कुर्सीमा बसेका थिए ।

यसको दुई दिनभित्रै ओली गृह जिल्ला झापामा आयोजित कार्यक्रममा सहभागी भए । गृह नगर दमकमा ९ भदौमा आयोजित अगुवा कार्यकर्ता भेलामा मञ्चमै कुर्सी राखियो । अरु नेताहरु सहभागीसँगै बसेपनि अध्यक्ष ओली, प्रदेशका इन्चार्ज एवम् पार्टी सचिव रघुबीर महासेठ र झापाका नेता तुलसी कार्की मञ्चमै बसे । खादामालाको प्रयोग चाहिँ यो कार्यक्रममा भएन ।

जबकी ओलीले जारी अपानिमा भनिएको छ, ‘कार्यक्रमको मञ्च वक्ताले मात्र प्रयोग गर्नेगरी अतिथि र बक्ताहरुलाई दर्शकदीर्घामा नै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउने र कार्यक्रममा तथा कार्यक्रम शुरु भएपछि आशनग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने निर्णय गरिएको छ ।’

दमकबाट विराटनगर आएका ओलीले आज, कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गरे । यो कार्यक्रमको शैली दमकसँग मिल्ने बनाइएको थियो । तर जिवित नेताहरु मध्ये ओलीको तस्वीर ब्यानरमा राख्ने अपानिको निर्देशन भने दमक र विराटनगर दुवै ठाउँको कार्यक्रममा पालना भयो ।

‘कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन अबदेखि पार्टी र जनसंगठनले आयोजन गर्ने सार्वजनिक कार्यक्रममा (तीन अग्रजहरु– संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त) पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको छ’, अपानिमार्फत् पार्टी पंक्तिलाई निर्देशन गरिएको छ ।

अनलाइन खबर बाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार