मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

मेचीनगरको कालिका सिमसारमा ४३ जना लागूऔषध खरिद कर्ता पक्राउ,बिक्रेता फरार

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१५ जेठ २०८२, बुधवार

झापा   मेचीनगरको कालिका सिमसारमा ४३ जना लागूऔषध खरिद कर्ता पक्राउ परेका छन् । हिजो साँझ अन्दाजी ६ बजे मेचीनगर नगरपालिका वडा न.११ कालिका सामुदायिक वनमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशी , प्रहरी चौकी चारआलीबाट प्रहरी नायव निरीक्षक प्रमोद रेग्मी, जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछानेको कमाण्डमा खटिएको स्वीप अपरेशन टोलीले बिभिन्न स्थान बस्ने ४३ जना लागूऔषध सेवनकर्तालाई पक्राउ गरेको पाइएकाे छ  । बिक्री गर्ने भने फ्रार रहेका छन् ।

  पक्राउ पर्नेहरु सबै पुरुष हुन् । उनीहरु अन्दाजी १५ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् । लागूऔषध कारोबारीहरु लागूऔषध बेच्न आएपछि उनीहरु किन्न भेला भएका थिए । पक्राउ पर्नेहरु लागूऔषध सेवनकर्ताहरु हुन् । का

पक्राउ परेका ४३ जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएकाे छ । उनीहरुको साथबाट लागूऔषध बरामद भएको छ । त्यसको परिमाण खुलेको छैन । त्यस्तै १४ वटा मोटरसाइकल , एउटा अटो र एउटा मारुती भ्यान बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार