मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

प्रधानमन्त्री निवास छिरे प्रदर्शनकारी, हसिनाले छाडिन् ढाका

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२१ श्रावण २०८१, सोमबार

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले ढाकास्थित प्रधानमन्त्री निवास ‘गणभवन’ छाडेकी छन्।

आरक्षणविरूद्धको आन्दोलन हिंसात्मक बन्दै गएपछि सोमबार प्रधानमन्त्री हसिनाले सरकारी निवास छाडेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

‘उनी र उनकी बहिनीले सुरक्षित ठाउँका लागि गणभवन छाडेका छन्,’ स्रोतले एएफपीसँग भन्यो, ‘उनले सम्बोधन गर्न चाहेकी थिइन् तर त्यसका लागि अवसर भने पाइनन्।’

त्यस्तै प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा छिरेको बंगलादेशको समाचार दैनिक प्रोथोम अलोलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले लेखेको छ। हजारौंको संख्यामा प्रदर्शनकारीहरू सरकारी भवन छिरेको समाचारमा उल्लेख छ।

बंगलादेशका सेना प्रमुख वाकेर-उज-जमनले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन्।

बंगलादेशमा विभिन्न जिल्लामा जारी आन्दोलनमा आइतबारमात्रै कम्तिमा ९१ जना मारिएका छन्। प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै दसौं हजारको संख्यामा उत्रिएका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा एकै दिन ९१ जना मारिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भुतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलन अब सरकारविरोधी आन्दोलनमा परिणत भएको छ। आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने भनेका छन्। 

आइतबार ठूलो संख्यामा हताहती भएपछि सरकारले देशव्यापी अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। साथै इन्टरनेट सेवा पनि बन्द गरिएका छन्। सोमबारसम्म सबै सरकारी कार्यालयहरूमा पनि बिदा दिइएको छ।

प्रधानमन्त्री शेख हसिना हिंसात्मक प्रदर्शनमा उत्रिएकाहरू विद्यार्थी नभई आतंककारी रहेको बताएकी छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार