मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

क्यान्सर पीडित वि.क.लाई उर्जाशील रामधुनी आमा समूहको सहयोग

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१८ आषाढ २०८२, बुधवार

झापा /  झापाकाे विर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित सितलनगर टोल, बेलगाछीकी सरिता वि.क.लाई उर्जाशील रामधुनी आमा समूहले सहयोग गरेकाे छ ।

समूहले आफ्नो मासिक कार्यक्रमलाई सेवा कार्यमा रूपान्तरण गर्दै पीडितको घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।यस अवस्थाको जानकारी पाएपछि विर्तामोडमा सक्रिय “उर्जाशील रामधुनी आमा समूह“ सरिताको सहयोगार्थ अगाडि बढेको छ । 

समूहकी सल्लाहकार सदस्य कला बस्नेतका श्रीमानको जन्मदिनको अवसरलाई सामान्य भोजभतेरमा खर्च नगरी, समाजसेवामा रुपान्तरण गर्ने सोचले यो सहयोग कार्यक्रम सम्भव भएको हो । संस्थाको तर्फ बाट साथै कार्यक्रमका सम्योजक  बस्नेतको एकल पहल र समूहका सदस्यहरुको व्यक्तिगत योगदानमा संकलित रकम सरितालाई हस्तान्तरण गरिएको हो ।

स्तन क्यान्सर जस्तो गम्भीर रोगले पीडित भई उपचारको आवश्यकता रहे पनि आर्थिक अभावका कारण उनी रोग बोकेर घरमै बस्न बाध्य भएकी छिन् । ३ वर्षीया सन्तानकी आमा सरिताका श्रीमान जगत बहादुर बिश्वकर्मा चिया बगानमा मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । तर उनीको न्यून आयले क्यान्सरजस्तो खर्चिलो उपचार सम्भव नभएपछि, परिवार आर्थिक संकटमा परेको छ । भरतपुरस्थित क्यान्सर अस्पताल वा झापाकै पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारका लागि आवश्यक रकम अभाव भएपछि, उनी अस्पताल पुग्न नसकी घरमै पिडा सहन बाध्य भएकी छिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार