मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |
मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |


चन्द्रगढी सामुदायिक वनकाे घटना सत्य तथ्य छानविन गर्न एमालेकाे माग (विज्ञप्तिसहित)

देश प्रदेश डेस्क 5475+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

झापा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समिति भद्रपुर ९ मा सार्वजनिक भएकाे घटनाकाे  सत्य तथ्य छानविन गर्न नेकपा एमाले वडा समितिले माग गरेकाे छ । भद्रपुर वडा नम्बर ९ काे नेकपा एमाले पार्टीले मङ्गलबार प्रेस विज्ञप्ति मार्फत माग गरेकाे हाे।

समितिका अध्यक्ष ध्रुवराज कार्की र सचिव महेश न्याैपानेले संयुक्त रूपमा जारी गरेकाे पत्रमा २०८२ २/३ गते डिभिजन वन कार्यालय भद्रपुर,झापाबाट चन्द्रगढी सामुदायिक वन उपभाेक्ता समूहले सञ्चालन गरेकाे स-मिलबाट करिब ८३ क्यु.फिट साखु जातका चिरान काठ अवैध भनि नियन्त्रणमा लिएकाे प्रति नेकपा एमाले  भद्रपुर ९ कमिटिकाे गम्भिर ध्यानकर्षण भएकाे छ । नियन्त्रणमा लिइएका काठ वैध हुन या अवैध हुन साे काे निष्पक्ष छानविन गरी सत्य तथ्य वाहिर ल्याउन हुन सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएकाे विज्ञप्तिमा उल्लेख छ ।

काठ अवैध भए साे कार्य गराउने व्यक्ति या समूहलाइ कडा भन्दा कडा कारबाहीकाे माग गरेकाे छ । कुनै प्रतिशाेध दुरासाही भावना वा माेलमाेलाहिजमा परि निर्दाेषमाथि कारबाही गरिएमा वा दाेषीलाइ उन्मुक्ति दिने प्रयास गरेमा प्रतिकारमा उत्रने विज्ञप्ति मार्फत जानकारी गराएकाे छ ।

यता समितिमा रहेका क्षेत्रीय संयोजकहरुले धमाधम पदबाट राजीनामा दिन थालेका छन् । कटान अनुमतिभन्दा बाहिर गएर चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले अवैधरुपमा समितिको मिलमा काठ चिरान गरिरहेको अबस्थामा केही दिन अघि डिभिजन वन कार्यालयले बरामद गरेको घटनापछि हालसम्म तीनजना क्षेत्रीय संयोजकले राजीनामा दिएका हुन् ।
यसरी राजीनामा दिनेहरुमा क्षेत्र नम्बर २ का रमेश न्यौपाने, ६ का युवराज दाहाल र ९ का केशवप्रसाद खतिवडा रहेका छन् । उनीहरुले वन समितिका अध्यक्षलाइ सम्बोधन गर्दै व्यवहारिक कारण देखाएर आजका मितिदेखि पदमा वसेर काम गर्न कठिनाइ भएको भन्दै स्वीकृतीका लागि लिखित रुपमा मङ्गलबार (आज)छुट्टा-छुट्टै राजीनामा पत्र बुझाएका छन् ।

काठ लगेकाे विषयमा चासाे देखाउदा सुनुवाइ नभएपछि  समितिमा बसिरहन उपयुक्त नलागेर राजीनामा दिएकाे राजीनामा दिएका खतिवडाले बताए । वनबाट अनुमति पत्र सायद प्राप्त नभएकाे हुनसक्छ  किनकी म पनि उपसमितकाे कटान तथा ढुवानी संयाेजक हुँ । मलाइ नै थाहा छैन  उनले भने ।

समिति कै मिलमा काठ चिरान गरिरहेको अवस्थामा वन डिभिजनले शुक्रबार बेलुका ४.३० बजे  मिलबाट ८३.५२ क्युफिट सखुवाको चिरान काठ बरामद गरेको थियो ।
कटान अनुमतिभन्दा बाहिर वन समितिले काठ चिरान गरिरहेको अबस्थामा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय झापाका वन अधिकृत जीवन पाठकले बताएका थिए । अनुसन्धानपछि गलत देखिएमा मुद्दा दायर गरिने उनले जानकारी दिए ।

घटनाको विषयलाइ लिएर डिभिजन वन अधिकृत  कुलप्रसाद भट्टराईको नेतृत्वमा अनुसन्धान सुरु गरिएको डिभिजन प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए । अनुसन्धानपछि गलत देखिएमा मुद्दा दायर गरिने उनले जानकारी दिए ।
 यो भन्दा केही वर्ष अघि दुर्गाप्रसाद भट्टराई नै अध्यक्ष रहेको कार्यकालमा दाउरा भन्दै उपभोक्तालाइ काठ बिक्री गरेको घटना सञ्चारमाध्यमले सार्वजनिक गरिसकेको छ ।
एउटै व्यक्ति लगातार करिब दुईदशकसम्म एउटै पदमा वसिरहेका कारण पनि मनोमानी बढेको हुनसक्ने उपभाेक्ताकाे आराेप छ ।


प्रतिक्रिया

बालकृष्ण तिम्सिना ९ जेठ २०८२, बिहीबार

तुरुन्तै छानबिन गरि दोसिलाइ कार्बाही गरियोस प्रमाणित भएमा कहिलेदेखी त्यस्तो काम गर्दै आएका थिए असुली गराइयोस ।जनतालाई बाहिर किन्न बाध्य बनाउछन उनिहरु बाहिर बिक्री गर्छन ?को को दोसिहुन आजिबन कारागार चलान होस निर्दोस नपरोस।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार