मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

पूर्व नगर प्रमुख शिवाकोटीलाई थप चार दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

झापा  घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई थप चार दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ ।

पाँच दिनको म्याद सकिएर आज थप म्यादका लागि शिवाकोटीलाई प्रहरीले जिल्ला अदालत लगेको थियो । आज चार दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाकी निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिइन् । शिवाकोटीलाई अनुसन्धान गर्नका लागि प्रहरीले अन्तिम पटक थप म्याद मागेको प्रहरी निरीक्षक तामाङले बताइन् ।

यसअघि अदालतले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न चार , पाँच , सात र त्यसपछि पाँच गरी २१ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । आज चार दिन थपिएपछि प्रहरीले अनुसन्धानका लागि पाउने २५ दिनको म्याद पूरा हुन्छ । चार दिनको म्याद सकिएपछि अब उनलाई सरकारी वकिलको कार्यालयमा बुझाइने प्रहरी निरीक्षक तामाङले बताइन् ।

‘ प्रहरीले गर्नुपर्ने अनुसन्धान लगभग पूरा हुन लागेको छ’ उनले भनिन्,‘ त्यसपछि हामी सरकारी वकिल कार्यालयलाई जिम्मा दिन्छौं ।’ इलाका प्रहरी कार्यालय बिर्तामोडले शिवाकोटीलाई गत मंसिर २५ गते पक्राउ गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार