मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

मेयर साम्पाङले उपकुलपतिको कार्यलयमा लगाए ताला

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१ माघ २०८०, सोमबार

धरान उपमहानगरकापालीका मेयर हर्क साम्पाङग राईले सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षामा ताला लगाएका छन्।

मेयर साम्पाङ एक्लै प्रतिष्ठान पुगेर  शिक्षक, कर्मचारी र डाक्टरहरुको आन्दोलनप्रति सहमत  जनाउदै उपकुलपतिको कार्यकक्षमा गएर ताला लगाएका छन्।उनले उपकुलपति कार्कीले शिक्षक, कर्मचारी र डाक्टरहरुको मागलाई बेवास्ता गरि माग  सम्बोधन नगरेको भन्दै तालाबन्दी गरेको बताएका छन्। उनले लगाएको ताला आफू बाहेक कसैले नखोल्न समेत चेतावनी दिएका छन्।

आवश्यक परेको खण्डमा मेयर साम्पाङले आफै आएर ताला खोल्ने बताएका छन। ‘बिपि अस्पतालको भिसि नलुकी ढिलो नगरि बाहिर निस्केर निकास दिनु कि राजिनामा दिनु नत्र खोजेर घिसार्दै निकाल्नु नपरोस्,  नाम नविर्सनु है ।’  मेयर साम्पाङले  सामाजिक संञ्जाल फेसबुकबाट चुनौती दिएका छन्।

उनले बीपी प्रतिष्ठानलाई कमजोर बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने मेयर साम्पाङको भनाइ रहेको छ। उपकुलपतिको कार्यकक्षमा ताला लगाएपछि मेयर साम्पाङ आफ्नो कार्यालयमा फर्केका थिए।

३ महिना अगाडि गरेको  सहमति अनुसार बढुवाको  प्रक्रिया अगाडी  नबढेपछि प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सक आन्दोलनमा छन्। प्रतिष्ठानको आकस्मिक कक्ष, ल्याब, एक्स–रे बाहेकका सम्पूर्ण उपचारका सेवा बन्द गरेर उनीहरूले आइतबार ओपीडीको चाबी समेत  अस्पताल प्रशासनलाई बुझाएका छन्। प्रतिष्ठानमा कार्यरत १ सय ७७ शिक्षक र १ हजार २ सय कर्मचारीको बढुवा रोकिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार