मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

झापाका एमाले महाधिवेशन प्रतिनिधि पुरानै अनुहार

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१६ मंगशिर २०८२, सोमबार

नेकपा एमालेको ११ औ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको रुपमा झापामा पुरानै अनुहारहरु छानिएका छन् ।

पार्टीले युवा क्लस्टर भनेर व्यवस्था गरेपछि त्यसमा ४० वर्षभन्दा कम उमेरका युवाहरु परेपनि खुल्ला र महिलातर्फ भने विभिन्न कमिटी र पदमा रहिसकेका पुरानै अनुहारहरु महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।

झापा क्षेत्र नं –१ मा खुल्लातर्फ राजु पोखरेल, असारु राजवंशी र लक्ष्मी राई निर्वाचित हुँदा महिलातर्फ रमा भण्डारी , जानुका ओली र युवातर्फ दीपक बराल निर्वाचित भएका छन् ।

त्यस्तै क्षेत्र नं–३ मा खुल्लातर्फ छविलाल चुँडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ,महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल तथा युवातर्फ अग्निप्रसाद सापकोटा(अनिल) निर्वाचित भएका छन् ।

त्यस्तै क्षेत्र नं –४ मा खुल्लातर्फ रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी साँवा र हिमबहादुर कार्की ,महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल तथा युवातर्फ रोशन सुबेदी निर्वाचित भएका छन् ।

त्यस्तै क्षेत्र नं ५ मा खुल्लातर्फ अम्विकाप्रसाद खनाल, शिव ढुुंगेल, होमबहादुर थापा, तुलसी कार्की,महिलातर्फ अम्बिका देवी अधिकारी (गीता), नर्वदा उप्रेती गौतम र लिला ढुंगेल दाहाल तथा युवातर्फ युवराज पौडेल (विवश) निर्वाचित भएका छन् ।

त्यस्तै क्षेत्र नं २ मा पनि पुरानै अनुहारहरु आउने छाँटकाट देखिएको छ । खुल्लामा एकराज कार्की , सुवास भट्टराई , प्रेमबहादुर गिरीलगायत निर्वाचित हुने देखिएको छ । त्यस्तै महिलामा पवित्रा पाठक र पवित्रा महतारा प्रसाई तथा युवामा खगेन्द्रराज आङदम्बे (राज) निर्वाचित हुने देखिएको छ । यद्धपि विवादका कारण मतगणना रोकिएको छ । बिहानको राति २.३५ बजे स्थगित मतगणना आज बिहान ८ बजेदेखि सुचारु हुने बताइएपनि अझै शुरु हुन सकेको छैन ।

झापामा दुई दलितसहित ३८ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। दलिततर्फ सर्वसम्मत भएपछि बाँकी ३६ सिटका लागि भएको चुनावी प्रतिस्पर्धामा ९५ जना उम्मेदवार उठेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार