मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

भारी वर्षा र हिमपात हुने पूर्वानुमानसँगै गृहले भन्याे सतर्कता अपनाऔं

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१४ कार्तिक २०८२, बिहीबार

झापा / देशका हिमाली तथा पहाडी भू–भागमा आगामी कार्तिक १२ देखि १५ गतेसम्म भारी वर्षा र हिमपात हुने पूर्वानुमानसँगै गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, सुदूरपश्चिम, कर्णाली र बागमतीका उच्च भू–भागमा हिमपात र वर्षाको सम्भावना छ। प्राधिकरणले कृषि, यातायात, पर्यटन र हवाई क्षेत्र प्रभावित हुन सक्ने भन्दै सम्बन्धित निकायलाई पूर्वतयारीसहित सर्तक रहन निर्देशन दिएको छ।

अनावश्यक यात्रा नगर्न, जोखिमयुक्त स्थानमा नजान, स्थानीय प्रशासन र सुरक्षासँग समन्वय गरी सुरक्षित स्थानमा बस्न, राहत तथा उद्धार टोली तयारी अवस्थामा राख्न प्राधिकरणले आग्रह गरेको छ।

प्रवक्ता शान्ति महतका अनुसार देशभरको मौसमीय स्थिति निरन्तर अनुगमन भइरहेको र सम्भावित जोखिम न्यूनीकरणका लागि स्थानीय तह र सुरक्षासंस्थाहरू तयारी अवस्थामा रहन भनिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार