मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

श्रीलङ्कामा आएको विनासकारी चक्रवातका ४६५ जनाकाे मृत्यु

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१८ मंगशिर २०८२, बुधवार

झापा / श्रीलङ्कामा आएको विनासकारी चक्रवातका कारण अहिलेसम्म   ४६५ जनाको ज्यान गएको छ ।

गत हप्ता देश भर वर्षा गराएको चक्रवातले निम्त्याएको बाढी र पहिरो पछि अन्य ३६६ जना बेपत्ता भएको जनाइएको छ ।

पुनर्निर्माणका लागि करिब ६ देखि ७ अर्ब डलर आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको उद्धार कार्यको नेतृत्व गरिरहेका अत्यावश्यक सेवाका आयुक्त–जनरल प्रभात चन्द्रकीर्तिले उल्लेख गरे समाचार एजेन्सीहरुले जनाएका छन् ।

सरकारले प्रत्येक परिवारलाई उनीहरूको घर सफा गर्नेको लागि २५ हजार रुपैयाँ तथा घर गुमाउनेहरूलाई २५ लाख रुपैयाँ सहयोग प्रधान गरेको छ।

राष्ट्रपति अनुरा कुमार दिसानायकले तीन वर्ष अघि देखि देश खराब आर्थिक सङ्कटबाट गुज्रिदै आएकाले राहत तथा उद्धार कार्यका लागि विदेशी सहयोग आवश्यक रहेको बताए । यस अघि उनले शनिबार आपतकालको घोषणा गर्दै अन्तर्राष्ट्रिय समर्थनका साथ पुनर्निर्माण गर्ने वाचा गरेका थिए ।

आर्थिक सङ्कटको सामना गरिरहेको अवस्थामा आएको यस विपत्तिको सामना गर्नु सरकारको सबै भन्दा ठुलो चुनौती भएको दिसानायकले मङ्गलबार आफ्ना शीर्ष अधिकारीहरूलाई बताए ।

श्रीलङ्का सरकारले खाद्यान्न, इन्धन र औषधि जस्ता अत्वाश्यक आयातलाई पनि वित्त पोषण गर्न विदेशी मुद्रा समाप्त भएपछि अप्रिल २०२२ मा आफ्नो ४६ अर्ब अमेरिकी डलरको बाह्य ऋणमा चलिरहेको बताएको छ ।

देशको अर्थतन्त्र स्थिर भएको अवस्थामा आईएमएफबाट २.९ अर्ब डलरको ऋण प्राप्त गरेको र यसलाई श्रीलङ्काले मितव्ययिता उपायहरू सहित आफ्ना सुधारहरू कायम राख्नु पर्ने उनले बताए ।

सन् २०२२ को सङ्कटले महिनाौँ सम्म सडकमा विरोध प्रदर्शन भए पछि तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षलाई पद छोड्न बाध्य तुल्याएको थियो ।

सप्ताहन्तमा ठुलो बाढी आएपछि बुधबार देखि राजधानी कोलम्बोमा बाढीको पानी कम हुँदै गएको जनाइएको छ ।

देशका १५ लाख भन्दा बढी मानिसहरू प्राकृतिक प्रकोपबाट प्रभावित भएको र लगभग दुइ लाख मानिसहरु राज्यद्वारा सञ्चालित सुरक्षित आश्रयमा रहेको जनाइएको छ ।

मध्य पाहाडका दुर्गम क्षेत्रहरू बढी प्रभावित भएकाले अधिकारीहरूले सडकहरू सुचारु गर्न तथा सञ्चार लाइनहरू पुनस्र्थापना कठिन प्रयास गरिरहेको जनाइएको छ ।

मुलुक पर्यटनमा आधारित भएकाले विपत्तिको बावजुद, श्रीलङ्काले मङ्गलबार कोलम्बो बन्दरगाहमा लक्जरी क्रुजलाइनरलाई स्वागत गरेको अधिकारीहरूले बताए ।

यो प्रयासले “विश्वलाई श्रीलङ्का सुरक्षित, खुला रहेको तथा पर्यटकलाई स्वागत गर्न तयार रहेको शन्देश प्रवाह गर्ने श्रीलङ्काको पर्यटक बोर्डले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार