मुख्य समाचार
युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित | झापामा सर्पले डसेर बृद्दाकाे मृत्यु |

धरानका उपप्रमुख बेघाको घर तोडफोड गर्ने पक्राउ

देश प्रदेश डेस्क 5228+ समाचार ( )
२६ भाद्र २०८०, मङ्गलबार

झापा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा आक्रमण र तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी प्रहरीका प्रमुख एसपी विपिन गौतमले घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको बताए ।

‘थप व्यक्तिहरु पनि पक्राउ पर्छन्, अहिले एक जना पक्राउ परेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको छ । राजनीतिक कारण भन्दा विवादको अरू नै कारण रहेको जस्तो देखिएको छ,’ उनले भने ।

आज बेलुका  धरान–१५ स्थित बेघाको घरमा भएको तोडफोड भएको थियो । जसका कारण घरको झ्यालको सिसा फुटेको बेघाले बताए । उनले राजनीतिक कारणले विवाद नभएको र व्यक्तिगत रहेको बताए । ‘गाउँको वल्लोटोल पल्लोटोलका केटाहरुबीच झगडा भएको हो,’ बेघाले भने, ‘यसमा कुनै राजनीतिक कारण जोडिएको छैन ।’

आक्रमण र झडपमा परी घाइते भएका उपप्रमुख बेघाका कान्छा भाइ विष्णुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी प्रमुख गौतमले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार