मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

जाजरकाेट भूकम्प
जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

देश प्रदेश डेस्क 5361+ समाचार ( )
१९ कार्तिक २०८०, आइतबार

झापा जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ।

जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार आज बिहान १:२२ बजे ४ म्याग्नेच्युड र बिहान ४:५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो।

शुक्रबार राति ११:४७ बजे रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएयता सोही स्थानलाई केन्द्रबिन्दु बनाई आधा दर्जन बढी पराकम्पनहरू गइरहेका छन्।

 भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोही राति १२:०८ बजे ४.५ म्याग्नेच्युडको, १२:२९ बजे ४.२ म्याग्नेच्युडको, १२:३५ बजे ४.३ म्याग्नेच्युडको, शनिबार बिहान ४:१६ बजे ४.६ म्याग्नेच्युडको, शनिबार दिउँसो ३:४० बजे ४.२ म्याग्नेच्युडको, आइतबार बिहान १:२२ बजे ४ म्याग्नेच्युडको र आजै बिहान ४:५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो।

शुक्रबार गएको भूकम्प र त्यसपछिका पराकम्पबारे अध्ययन तथा अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीसहितको टोली जाजरकोट पुगेको छ।

टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्नेछ।

शुक्रबारको भूकम्पले जाजरकोट र रूकुम पश्चिममा जनधनको क्षति पुर्‍याएको छ। शनिबार रातिसम्मको विवरण अनुसार भूकम्पमा परी जाजरकोटमा १०५ र रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।

भूकम्पले २०० भन्दा बढी घाइते र हजारौं घरहरूमा क्षति पुगेको छ।

शनिबार भूकम्पमा परेकाहरूको उद्धार सकिएको थियो। आजबाट भौतिक क्षतिको विवरण संकलन गरिने बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार